बिर्तामोड/झापाको कन्काई नगरपालिका–८ स्थित लक्ष्मीपुर चोकमा सवारी दुर्घटना हुँदा एक व्यक्तिको मृत्यु भएको छ ।सवारी दुर्घटनामा परी बिर्तामोड नगरपालिका–२ का ५० वर्षीय लोकबहादुर राईको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
पश्चिमबाट पूर्व जाँदै गरेको मे. १ च ३५२६ नम्बरको मारुती भ्यानले साइकलयात्री राईलाई बाटो काट्ने क्रममा ठक्कर दिएको थियो । ठक्करले गम्भीर घाइते भएका राईलाई अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको ट्राफिक प्रहरीले जानकारी दिएको छ । मारुती भ्यानसहित चालकलाई नियन्त्रणमा लिएर बिर्तामोड इलाका प्रहरी कार्यालयमा राखिएको जनाइएको छ ।