china_nepal_flagकाठमाडौँ/उपराष्ट्रपति नन्दबहादुर पुनले चीनविरोधी गतिविधि रोक्न नेपालले जस्तोसुकै कदम चाल्ने बताएका छन् । उपराष्ट्रपति कार्यालय बहादुर भवन पुगेका नेपालका लागि चिनियाँ राजदूत यु होङसँग भएको शिष्टाचार भेटमा उनले नेपाल र चीन घनिष्ठ छिमेकी राष्ट्र भएको बताउँदै नेपाल सधँै ‘एक चीन नीति’ प्रति प्रतिबद्ध भएको विश्वास दिलाए । ‘नेपाली भूमिमा चीनविरुद्ध कुनै पनि गतिविधि हुन नदिने नेपाल सरकारको नीति छ ।’

उनले भने । मञ्जुश्री, भृकुटी, अरनिको, ह्वेन साङ तथा फा स्यानलगायत अन्य ऐतिहासिक विभूतिले प्रवद्र्धन गरेको दुई देशबीचको सम्बन्ध अहिले नङ र मासुका रुपमा विकसित भएको उनको भनाइ थियो । उपराष्ट्रपतिले आफ्नो चीन भ्रमणका क्रममा चीनका राष्ट्रपति सि जिन पिङको नेपाल भ्रमणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको औपचारिक निमन्त्रणापत्र चीनका उपप्रधानमन्त्री वाङ याङमार्पmत् हस्तान्तरण गरेको स्मरण गराउँदै नेपाली जनता चीनका राष्ट्रपतिलाई स्वागत गर्न आतुर रहेको बताए । चीनको ‘एक क्षेत्र एक मार्ग’ को कार्यक्रमप्रति नेपालको समर्थन रहेको बताउँदै उनले भने, ‘एक क्षेत्र एक मार्गको कार्यक्रमबाट नेपालले पनि फाइदा लिनेतर्पm ध्यान दिनुपर्छ ।’

उपराष्ट्रपति पुनले संविधान जारी भएपछि नेपालमा लगानीमैत्री वातावरण बनेकाले नेपालमा लगानी गर्नका लागि राजदूतमार्पmत् चिनियाँ लगानीकर्तालाई आग्रह गरे । भूकम्पपछि अवरुद्ध तातोपानी नाका सञ्चालन गर्न चीनको ध्यानाकर्षण गराउँदै उनले राजदूत होङको कार्यकालमा दुई देशबीचको सम्बन्ध अभैm प्रगाढ बन्ने विश्वास व्यक्त गरे । सो अवसरमा नेपालका लागि चिनियाँ राजदूत युले चीन सरकार र चिनियाँ जनताले नेपाललाई सधैँ उच्च महत्व दिने गरेको बताउँदै दुई देश रणनीतिक साझेदारीका साथ अगाडि बढ्नुपर्नेमा जोड दिए । ‘चीनले दक्षिण एशियाली मुलुकसँगको सहकार्यलाई बढाइरहेको छ ।’

उनले भने । उनले ब्रिक्स सम्मेलनको क्रममा चीनका राष्ट्रपति सि जिन पिङ र नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको भेटमा राष्ट्रपति सिले अनुकूल समय मिलाएर नेपालको भ्रमण गर्ने बताएकाले आपूmले जतिसक्दो चाँडो उनको भ्रमण गराउन प्रयास गर्ने जनाए । राजदूत युले नेपालमा विदेशी लगानीका लागि वातावरण बन्दै गएकाले चीन सरकारले निजी क्षेत्रलाई नेपालमा लगानी गर्न प्रोत्साहन गर्ने नीति लिएको उनले जनाए । तातोपानी नाका खोल्नका लागि अध्ययन भइरहेको समेत उनले जनाए ।