धरान /नेपाली काङग्रेशका संसद धनराज गुरुङले आफ्नो बढेको तलब भुकम्पी पिडितलाई दिने घोषणको सामाजकि सञ्जालमा निकै प्रसंसा भइरहेको छ । गुरुङको निर्णय सँगै अन्य संसदे पनि भुकम्प पिडितलाई सहयोग गर्नु पर्ने आशयका स्टाटसहरु सामाजकि सञ्जालहरुमा छाएका छन् ।नेपाली कांग्रेसका सांसद धनराज गुरुङले वृद्धि भएको आफ्नो तलब भत्ता भूकम्पपीडितलाई दिने घोषणा गरेका थिए ।आइतबारको ब्यवस्थापिका संसदको बैठकले सांसदको तलब भत्ता झण्डै दोब्बरवृद्धि गरेको थियाे । आफ्नो तलब भत्ता वृद्धि भएसँगै वृद्धि भएका सबै तलब भत्ता भूकम्पपीडितलाई दिने सांसद गुरुङले निर्णय गरेका हुन् ।गुरुङले वृद्धि भएको पारिश्रमिक, भत्ता तथा सुविधा रकम भूकम्पपीडित राहत कोषमा जम्मा हुने ब्यवस्था मिलाइ दिन पनि ब्यवस्थापिका संसद सचिवालयलाई लिखित निवेदन दिएका छन् ।
पुनःनिर्माणका कामहरु अगाडि नबढेको तथा भूकम्पपीडितले अझै पनि राज्यबाट घोषित राहत समेत पाउन नसकेको अवस्थामा गुरुङले आफ्नै तलब भत्ता वृद्धि गर्ने कुरा जायज नभएको भन्दै वृद्धि भएको रकम पीडितलाई दिने घोषणा गरेका हुन् ।संसदले २०७३ साउनदेखि नै लागू हुने गरी सांसदको तलव भत्ता वृद्धि गर्ने गरी विधेयक पारित गरेको छ ।
जनताकाे कामलार्इ अाफ्नै सेवा सुविधामा सांसदहरूले ध्यान दिएकाे भन्दै अालोचना भइरहँदा गुरूङले गरेकाे निर्णय सामाजिक सञ्जालहरूमा निकै तारिफ गरिएका छन् ।