bijuविराटनगर/ भारतको कटैया–कुशाहा प्रशारण लाइनमा करीब एक महिनाभित्र ५० मेगावाट बिजुली थपिने भएको छ । भारत सरकारसँग यसअघि भएको सहमतिअनुसार यस प्रशारण लाइनबाट एक सय ९० मेगावाट बिजुली आउने निश्चित भएको हो ।

प्रशारण लाइनको क्षमता बिस्तारको काम चलिरहेकोमा अहिले भारततर्पm सबै काम सम्पन्न भएको छ भने नेपाल खण्डतर्पm करीब १० प्रतिशत मात्र काम बाँकी छ । एक महिनाभित्र सो काम पूरा भएर पूर्ण क्षमतामा विद्युत् आउने छ । अहिले कुशाहा–कटैया प्रशारण लाइनमार्पmत् भारतबाट एक सय ३५ मेगावाट बिजुली नियमित आयात भइरहेको छ ।

पूर्वाञ्चलको कूल माग यतिबेला एक सय ९० मेगावाट रहेकोमा आन्तरिक उत्पादनबाट ४० मेगावाट आपूर्ति भइरहेको छ । यस क्षेत्रमा करीब १५ मेगावाट विद्युत् अपुग भएको अवस्थामा थप ५० मेगावाट विद्युत् आएपछि लोडसेडिङको अवस्था पूर्णरुपमा अन्त्य हुने बताइएको छ ।