[caption id="attachment_19714" align="alignnone" width="960"]15171234_1804368559821287_8545784794057505183_n तस्विरहरु: सविना बान्तवाको फेसबुकबाट[/caption]

भोजपुर / भोजपुर सदरमुकास्थित मुख्य बजारको भोटेपसलमा आईतबार अपरान्ह आगलागी हुदा १२ घर जलेका छन् । १० घर पूर्ण रुपले क्षति भएको छ भने २ घरमा आशिंक क्षति पुगेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । मिलन ज्वेलसबाट आगलागि सुरु भएको थियो । स्थानिय थीरबहादुर पोर्तेलको घरमा विद्युत सट भई आगो15056444_1804368549821288_5424836383925501213_n फैलिएको प्रहरीले जनाएको छ । त्यहा भएको किराना पसल, इलेक्ट्रिक पसल,होटल तथा कपडा पसलमा क्षति पुगेको जिप्रकाका प्रहरी प्रमुख डिएसपी काजीकुमार आचार्यले जानकारी दिए । आगलागी भएको स्थानसम्म दमकल जान मुस्किल भएकाले आगालागी नियन्त्रणbhjprमा लिन ४ घण्टा लागेको थियो । राती ७ः ३० बजे नेपाली सेना,जनपथ प्रहरी, सशस्त्र प्रहरी तथा स्थानियहवासीहरुको सकृयतामा नियन्त्रणमा लिइएको थियो । नजिकका अन्य घरहरु भत्काइएकाले थप क्षति हुनबाट बचेको डिएपी आचार्यले बताए । क्षतीको एकिन विवरण भने आई नसकेको उनले बताए ।