भद्रपुर/नेपाली सेनाका जवानले झापा भद्रपुर नगरपालिका ६ बस्ने बृजपाल यादवलाई सहयोग गरेका कारण पुर्नजिवन पाएका छन् । रेल दुर्घटनामा परी घुडा देखि तल्लो भागका दुवै खुट्टा गुमाएर घरमै बसेका ३३ बर्षिय यादवलाई नेपाली सेनाका जवान विजय कार्कीले निस्वार्थ सहयोग गरेका हुन् ।
शनिश्चरे ५ हाल भद्रपुर १५ बस्ने कार्कीको सहयोगमा उनलाई निशुल्क उपचार गराई दुवै खुट्टामा प्लाष्टिकको कृतिम खुट्टा लगाएपछि यादव पहिला जस्तै हिनडुल गर्न सक्ने भएका छन् । यादवकोे पिडा देखेर कार्कीले आफ्नै पहलमा काठमाडौ लगी उपचार गराई दिएको सेनाका जवान कार्कीले बताए । सैनिक पुर्नस्थापना केन्द्र काठमाडौमा मसगै राखेर उनलाई चार महिना निशुल्क उपचार गराई कृतिम खुटटा लगाई दिएको उनले बताए । आर्थिक अवस्था कमजोर भएका यादवलाई हिडडुल गर्ने अवस्थामा पु¥याएर मानवताको धर्म मात्र निर्वाह गरेको उनको भनाई छ । शारदा आधाभुत विद्यालय भद्रपुर अगाडी सानो किराना पसल थापेर गुजारा गर्दै आइरहेका यादव दुवै खुट्टा गुमाएर निराश तथा पिडादायी जिवन विताइरहेका थिए ।
उपचारको लागि रकम अभाव भएकाले तीन बर्ष सम्म ह्वीलच्यरको सहारामा घर आगन भित्रै दिन बिताउनु परेको उनले पिडा सुनाए । मेरो यस्तो पिडादायी जिवन देखेर नेपाली सेनामा कार्यरत कार्कीले गरेको सहयोग उल्लेखनिय रहेको बताए । कृतिम खुटटाकै मदतले साइकल चलाएर जाहा पनि जान सकिने अवस्थामा पुगेकोले कसैको सहारा माग्नु नपरेकोमा आफैमा सन्तुष्ट र खुशी बनेको उनको भनाई छ ।यादव भारतको पञ्जाबमा काम गर्न गएर घर फर्किने क्रममा २०६४ सालमा रेल दुर्घटना परेका थिए ।
रकम लिएर घर आइरहेका यादवलाई केही अपरिचित व्यक्तिले लुटन खोजेका थिए । रतको विहार इस्लामपुरमा आएपछि रेल्वे स्टेशनमा बसेका ती व्यक्तिहरुले उनको रकम लुटेर रेलको लिगमा फालिदिएपछि गुडिरहेको रेलको चक्कामा परेर उनले दुवै खुट्टा गुमाएका थिए । वेहोस अवस्थामा गम्भिर घाइते भएका यादवलाई उपचारको लागि तत्काल भारतको सिलगुडीमा लगीएको पारिवारले बताए । उपचारमा नेपाली एक लाख रुपैया लागेको परिवारको भनाई छ ।