धरान/ पत्रकार महासङ्घ सुनसरीले पहिलोपल्ट परीक्षा प्रणालीद्वारा आप्ना नयाँ सदस्य छनोट गरेको छ । अग्रज पत्रकार हर्ष सुब्बाको संयोजकत्वमा बनेको नयाँ सदस्यता छनोट समितिले परीक्षा प्रणालीबाट नयाँ सदस्यहरुको छनोट गरेको हो ।
सदस्यताका लागि ८२ जनाले आवेदन दिएका थिए । तीमध्ये ६० जना शनिबार भएको परीक्षामा सामेल भएका थिए । परीक्षामा २९ जना मात्रै उत्तीर्ण भएको समितिले जनाएको छ । परीक्षामा सामेल नभएकाहरुलाई सदस्यताका लागि स्वतः अयोग्य ठह¥याएको छ । समितिले सम्पूर्ण कागजात तथा फाइल नै महासङ्घलाई बुझाएको छ ।
छनोट भएकाहरुको नाम सिफारिस गरी सदस्यताका लागि केन्द्रीय कार्यालयमा पठाउने महासङ्घका सुनसरी अध्यक्ष केशव घिमिरेले बताए । नाम हटाएर सङ्केत नम्बरअनुसार परीक्षा सञ्चालन गरिएकाले परीक्षा निष्पक्ष र मर्यादित भएको संयोजक सुब्बाले बताए ।