धरान/देशलाई पूर्ण लोडसेडिङ मुक्त अभियानको लागि राज्यले भारतबाट थप विद्युत ल्याउने तयारीका साथ सहमति गरेको छ । bidut हाल आइरहेको विजुलीमा थप २४० मेगावाट थप गरेमा देशको लोडसेडिङ पूर्णरुपमा घट्ने प्राविधिकरणको अनुमान छ । गतवर्षसम्म भारतबाट ३४७ मेगावाट विजुली आयत गरिदै आइको थियो । त्यसमा २४० मेगावाट थप गर्ने सहमति नेपाल र भारतीय अधिकारीबीच भएको प्राधिकरणले जनाएको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्ले भारतको केन्द्रीय विद्युत् प्राधिकरण र पावर ट्रेडिङ कर्पोरेशनका उच्च अधिकारीसँग वार्ता भई सहमति भएको बताए । विद्युत् व्यापार कम्पनीलगायत विद्युतसँग सम्बन्धित सबै निकायसँग भएको छलफलपछि आवश्यक पुर्वाधार पुसको पहिलो सातासम्म तयार गर्ने र दोस्रो साताबाट भारतबाट थप बिजुली आयात गर्ने सहमति भएको हो । ५६० देखि ६०० सय मेगावाट बिजुली आयात गर्न आवश्यक पूर्वाधारको काम त्यसबेलासम्म सकिसक्ने सहमति बनेको उनले बताए । सहमतिअनुसार टनकपुर नाकाबाट थप ३० मेगावाट प्रतियुनिट ५ रुपैयाँ ५ पैसा ९३ रुपैयाँ ४४ पैसा भारुमा दिने सहमति भएको विद्युत् प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले बताए । उनका अनुसार १ सय एमबीए क्षमताको टान्सफर्मर जडान गरेपछि थप ४० मेगावाट बिजुली आयात हुनेछ । यस्तै भारतको सहयोगमा निर्माण भइरहेको रक्सौल– परवानीपुर र कटैया– कुसाह १३२ केभी प्रसारणलाइनको काम आउँदो एक महिनामा सम्पन्न गर्ने सहमति भएको प्रवक्ता अधिकारीले बताए ।