tamorधनकुटा/धनकुटाको मूलघाटस्थित विश्रान्ति मन्दिर परिसरमा पिकनिक खान आएका धरानका एक युवक तमोर नदीमा पौडी खेल्ने क्रममा शनिबार अपराह्न बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार धरान–१६ घर भएका २२ वर्षीय बलि राई विश्रान्तिनजिकै नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका हुन् ।घटनालगत्तै मूलघाटको प्रहरी चौकी र सशस्त्र प्रहरीको संयुक्त अपरेशन टोलीले खोजबिन गर्दा समेत साँझसम्ममा फेला नपरेको प्रहरीले जनाएको छ ।