धरान/मंगोल नेशनल अर्गनाइजेनले धरानमा प्रथम पूर्वाञ्चल वृहत मंगोल सभा गर्ने भएको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै अर्गनाइजेसनको १६ जिल्लाको संयुक्त आयोजनामा मंसिर ११ गते मंगोल सभा गर्ने भएको हो । [caption id="attachment_19531" align="alignnone" width="684"]mangol तस्बिर: भाेजराज श्रेष्ठ[/caption] सभामा १६ जिल्लाका प्रतिनिधिहरु सहभागी हुने बताइएको छ । गाउस्तरसम्म पुगेको संगठनको सांगठानिक व्यवस्थापन गर्ने उद्देश्यले मंगोल सभा गर्न लागिएको जिल्ला अध्यक्ष बलबहादुर दुमी राईले बताए । पार्टीले कार्यक्रमका पूर्वसन्ध्यासम्म पार्टीको भित्ते लेखन, जिल्ला प्रहरी कार्यालयको सहकार्यमा सडकमा जेब्रा क्रसिङ लगाउने अध्यक्ष दुमी राईले बताए । त्यस्तै विभिन्न स्थानको सरसफाईसँगै पार्टीको पर्चा वितरण, धरानको प्रवेशद्वार निर्माण तथा झण्डा सजावट, मञ्च व्यवस्थापन लगायतको कार्यक्रम रहने जिल्ला सचिव अनिल खम्बूले बताए । वृहत सभालाई सम्बोधन गर्न केन्द्रीय कार्यबाहक अध्यक्ष बुद्धलाल मेचे, केन्द्रीय सभाका सचिव बीरलाल वलाहाङ, केन्द्रीय कोषाध्यक्ष दिनेश वान्तवा, प्रवक्ता थमन बुढामगर, अनुशासन विभाग प्रमुख गणेश चाम्लुङलगायत रहने बताइएको छ । भानुचौकमा गरिन लागिएको कार्यक्रम वक्ताहरुले ८० प्रतिशत अहिन्दु मुलबासी मंगोलहरुको गुमेको अस्तित्व प्राप्ति र लुटेको राज्य पुनस्र्थापनाका लागि वकालत गर्ने बताइएको छ । पार्टीको चौथो राष्ट्रिय महाधिवेशनसमेत दुईवर्ष अघि धरानमै गरिएको थियो ।