pulधरान/ सम्बन्धित निकायले ध्यान नदिँदा महेन्द्रनगर, प्रकाशपुर र रामधुनीभासि नगरपालिकाको सिमानामा पर्ने सुनसरी पुल जोखिममा परेको छ । सुनसरीको प्रमुख धार्मिक तीर्थस्थल रामधुनी पुग्ने सो पुलको पश्चिमतर्पmको भागको माटो झरेको दुई महिना बितिसक्दासमेत सम्बन्धित निकायले ध्यान नदिँदा पुल जोखिममा परेको हो ।

महेन्द्रनगर, प्रकाशपुर र रामधुनीभासि नगरपालिकाको सिमानामा पर्ने सो पुलको पश्चिमी भागमा भ्वाङ परेको दुई महिना बितिसकेको प्रकाशपुरका ख्यामप्रसाद नेपालले बताए । सो पुल भएर दैनिक दर्जनौँ गाडीहरु आउजाउ गर्ने गरेका छन् । पुल जोखिममा भएकै कारण अहिले ठूला सवारीहरु गुड्न छाडेका छन् ।रामधुनीभासि नगरपालिकाका कार्यकारी अधिकृत प्रमोद चौधरीले प्रकाशपुर र महेन्द्रनगर गाविसले समन्वय गरे नगरपालिका पुल निर्माणका लागि तयार रहेको बताए ।

प्रकाशपुरका गाविस सचिव शंकर आचार्यले गाविसले मात्रै निर्माण गर्न नसक्ने बताउँदै छिमेकी गाविससँगको समन्वयमा निर्माणका लागि जिल्ला विकास समितिलाई अनुरोध गर्ने बताए । उनले यसबीचमा चाडपर्व परेका कारणले पनि मर्मतमा ढिलाइ भएको बताए । स्थानीयले पुलको माटो झर्न थालेलगत्तै जानकारी गराएका थिए तर स्थानीय निकायहरुले चासो नदेखाएको महेन्द्रनगरका पूर्व गाविस अध्यक्ष बद्री घिमिरे बताउँछन् ।

उनका अनुसार राजनीतिक दलहरुले समेत चासो नदेखाएकाले मर्मतमा सम्बन्धित निकायहरुको ध्यान नगएको हो ।भोट माग्ने बेलामा राजनीतिक दलहरुको विकासे भाषण धेरै हुने तर विकास निर्माणको कार्यमा भने सक्रियता नदेखाउने स्थानीयको गुनासो छ । थोरै खर्चमा मर्मत हुने भए पनि स्थानीय निकायको ध्यान नजाँदा रामधुनी धार्मिक तीर्थस्थलमा आउने भक्तालुहरुलाई थप समस्या हुने देखिएको छ । यो बेला वराहक्षेत्रमा लागिरहेको कात्तिके मेलामा आउने भक्तालुहरुलाई समेत समस्या परेको छ । निकट भविष्यमै लाग्ने बालाचतुर्दशी मेलालाई समेत असर गर्ने स्थानीय बताउँछन् ।