pakrau1pnpधरान/धरानस्थित बीपी प्रतिष्ठानभित्रबाट केटीएम सेक्युरिटीका सुरक्षा गार्डले मादक पदार्थ खाएर होहल्ला गरेको र मोटरसाइकल चोरीको आशङ्कामा चार व्यक्तिलाई पक्राउ गरी धरान इलाका प्रहरी कार्यालयको जिम्मा लगाएको छ । पक्राउ पर्नेमा धरान–२२ का २७ वर्षीय विरु विक, धरान–१९ का सुनील क्षेत्री, धरान–१५ का रिजन लकान्द्री र धरान–१२ का अजिम लिम्बूलाई नियन्त्रणमा लिएर आवश्यक कार्वाहीका लागि प्रहरीको जिम्मा लगाइएको केटीएमका प्रतिष्ठान इञ्चार्ज दिलीप श्रेष्ठले जानकारी दिएका छन् । पक्राउ परेकामध्ये रिजनलाई पार्टस् चोरी भएको को. २३ प ७४२ नम्बरको पल्सर मोटरसाइकलको मुनि छाडिएको मोबाइलको धनी भएकाले चोरी गरेको आशङ्कामा पक्राउ गरिएको श्रेष्ठले जानकारी दिए ।