तीन शीर्षदलको बालुवाटारमा बैठक
- मंसिर २, २०७३
- ब्लाष्ट खबर
काठमाडौं/प्रुमख तीन दलका शीर्ष नेताहरुहरु संविधान संशोधनसहितका विषयमा सहमति जुटाउने प्रयासमा अहिले बालुवाटारमा बैठक बसिरहेका छन् ।
प्रधानमन्त्री निवासमा बसिरहेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरु सहभागी बनेका छन् । बैठकमा सरकारले तयार पारेको भनिएको संविधान संशोधन प्रस्तावमा सहमतिको प्रयास हुने जनाइएको छ ।