
धरान/पाँचौं राष्ट्रिय कर दिवसको अवसरमा बुधबार पूर्वका विभिन्न स्थानमा कार्यक्रम भएका छन् ।सुनसरी उद्योग वाणिज्य सङ्घ धरान र आन्तरिक राजश्व कार्यालय धरानले संयुक्तरुपमा प्रभातफेरी निकालेका छन् । उवासङ्घको कार्यालयबाट निस्किएको ¥याली आन्तरिक राजश्व कार्यालयमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्दै उवासङ्घका निवर्तमान प्रथम उपाध्यक्ष कृष्णकुमार अग्रवालले कर सही ठाउँमा प्रयोग हुनु पर्ने जिकिर गरे ।
यस्तै निर्वतमान अध्यक्ष सरोज श्रेष्ठले राजनीतिज्ञहरुलाई दिने रकम विकासको काममा खर्चिनु पर्ने बताए ।आन्तरिक राजश्व कार्यालयका प्रमुख धमेन्द्रकुमार मिश्रले उद्योगी, व्यापारी÷व्यवसायीहरुले कर तिरेर राष्ट्रलाई सहयोग गरिदिनु पर्ने बताए ।कार्यक्रममा सङ्घका अध्यक्ष राजेन्द्र साहले समेत बोलेका थिए । ¥याली उवासङ्घबाट पुरानो बजार, माछाभौडी, देशीलाइन, भानुचौक, छाताचौकहुँदै आन्तरिक राजश्व कार्यालय पुगेको थियो ।यस्तै ‘गौरवका साथ तिरौं कर, समृद्ध राष्ट्र हाम्रो रहर’ भन्ने नारासहित झापामा पनि कर दिवस मनाइएको भद्रपुर समाचारदाताले जनाएका छन् ।
मेची अञ्चलस्तरीय आन्तरिक राजश्व कार्यालय झापाको आयोजनामा बिहान बिर्तामोडमा प्रभातफेरी निकालिएको थियो ।औपचारिक कार्यक्रम शुरु हुनुभन्दा अघि विभिन्न सङ्घसंस्था, उद्योगी, व्यापारी, करदाता, प्रहरी प्रशासनले कर सन्देशमूलक ब्यानर र प्लेकार्ड लिएर बिर्तामोड क्षेत्रमा प्रभातफेरी गरेका थिए । प्रमुख कर अधिकृत निर्मल ढकालको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी मदन भुजेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको औचित्यमाथि कार्यालयका कर अधिकृत युवराज अधिकारीले प्रष्ट पारेका थिए ।
मूल्य अभिवृद्धि कर ऐन २०५२ जारी भएपनि ०५४ मङ्सिर १ गतेदेखि लागू भएकोले सोही दिनलाई आधार मानेर कर दिवस मनाइँदै आएको अधिकृत अधिकारीले जनाए । कर दिवसको अवसरमा मङ्सिर १ देखि ७ गतेसम्म मेची अञ्चलस्तरीय विभिन्न कार्याक्रम आयोजना गरी कर सप्ताह मनाइने उनले बताए । कार्यालय कर सम्बन्धी विभिन्न प्रचारप्रसार, २ गते सरकारी तथा निजी क्याम्पसमा अध्ययनरत् स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीलाई करदाता शिक्षा लगायत विविध विषयमा जानकारी, ३ र ४ गते सबै क्षेत्रमा कर शिक्षा कार्यक्रम, ५ गते इलामको लक्ष्मीपुर बजार र झापाको गौरीगञ्जमा घुम्ती शिविर, ६ र ७ गते बुधबारेमा घुम्ती शिविर, मेची अञ्चलभरिका उद्योग वाणिज्य सङ्घबाट प्रतिनिधिमूलक करसम्बन्धी लिखित तथा प्रयोगात्मक तालिम दिने र आन्तरिक राजश्व कार्यालय भद्रपुरमा उत्कृष्ट करदाता सम्मानसहित ७ गते सप्ताह सम्पन्न हुने उनले प्रष्ट पारेका थिए ।
सरकारले ०६९ देखि कर सप्ताह मनाउँदै आएको कार्यक्रममा जानकारी गराइएको थियो । कार्यक्रममा उद्योगीहरुको तर्पmबाट झापा उद्योग सङ्घका उपाध्यक्ष दीपेश ढकाल, वाणिज्य सङ्घको तर्पmबाट नवराज पनेरुले करको दायरा फराकिलो बनाएर आयातभन्दा निर्यातको व्यापार बढी गर्नसके अर्थतन्त्रमा सहयोग हुने सुझाव दिएका थिए ।