भद्रपुर / भद्रपुर नगरपालिका कार्यालयबाट हुने गरेका विकास निर्माणका कार्यहरु पारदर्शीरुपमा सञ्चारमाध्यमबाट नगरबासीसमक्ष बाहिर ल्याउन नगर क्षेत्रका पत्रकारहरुले सुझाव दिएका छन् । केही दिनअघि भद्रपुर नगरपालिकामा आएका कार्यकारी अधिकृत काजीमान राईले बुधबार नगर क्षेत्रका पत्रकारहरुसँग गरेको परिचयात्मक कार्यक्रममा पत्रकारहरुले उक्त सुझाव दिएका हुन् । नगर क्षेत्रलाई समृद्धि, गतिशील बनाउनका लागि समान दृष्टिकोणले नगरका हरेक विकास निर्माणसम्बन्धी गतिविधिहरु कसैको आडमा रहेर एकलौटी निर्णय गर्नु नगर र विभागको हित विपरीत हुने भएकोले त्यस्ता विषयमा ध्यान पु¥याउन पत्रकारले अनुरोध गरेका थिए । कार्यक्रममा प्रेस क्लब भद्रपुरका अध्यक्ष गोविन्दचन्द क्षेत्रीले वडास्तरमा आउने बजेट कम भएको उल्लेख गर्दै योजना अनुसारको बजेट छुट्याउन आवश्यक रहेको बताए । नागरिक एफएमका प्रबन्ध निर्देशक चिन्तामणि दाहालले भद्रपुर प्रेस क्लबसँग समन्वय गरेर नगरका जुनसुकै गतिविधि अगाडि बढाउन सकिने उल्लेख गरेका थिए । पत्रकार महासङ्घ झापा शाखाका उपाध्यक्ष तारामणि सापकोटाले नगरको हितमा हुने गतिविधिमा पत्रकारको पुरा साथ हुने बताएका छन् । पत्रकारको सुझावलाई मध्यनजर गर्दै अधिकृत राईले पत्रकारले दिएको सुझावलाई लागू गर्न कर्मचारीसँग समन्वय गरी अगाडि बढ्ने उल्लेख गर्दै विकास निर्माणमा पत्रकारको मुख्य भूमिका हुने भएकोले आपूmलाई साथ दिन अनुरोध गरेका थिए । नगरको विकासलाई आपूmले फरक ढङ्गबाट अगाडि बढाउन भद्रपुर आएको उल्लेख गरेका छन् । हाल भद्रपुर नगर क्षेत्रमा रहेर दुई दर्जनभन्दा बढीले पत्रकारिता गरिरहेका छन् ।