इलाम / पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले एमालेको नेतृत्वमा सरकार नबने मुलुकमा संकट उत्पन्न हुने बताएका छन् । नेकपा एमालेले आयोजना गरेको सविंधान कार्यन्वयनका लागि जनपरिचालन अभियान अन्तर्गत एक दिने अभिमुखीकरण कार्यक्रममा प्रमुख आतिथ्यतामा बोल्दै खनालले नेकपा एमाले मुलुकको पहिलो पार्टी नबने सम्वृद्घ नेपालको परिकल्पना गर्न नसकिने बताए ।
विश्वकै उत्कृष्ट सविंधान रहेको नेपालको सविंधान महत्वपूण्र्म चरित्र बताउदै खनालले लोकतान्त्रिक हक अधिकारको रुपमा रहेको सविंधान नेपाली जनताको सुसज्जित देशभक्तिपूर्ण सविंधान रहेकाले सविंधानको कार्यन्वयन गर्न मूख्य तीन दलको सहमति हुनु महत्वपूर्ण रहेको बताए ।जनताले बनाएको सविंधान समाजवाद उन्मुख पक्षपातरहित रहेकाले नेपालीको गन्तब्य समेत समाजवाद रहेको भन्दै सविंधानको सशोंधान भन्दा कार्यन्वयन गर्नु प्राथमिकता रहेको बताए ।
नयाँ राजनीतिक पद्दति परिकल्पना,आर्थिक पद्दतिको परिकल्पना,नयाँ सामाजिक पद्दतिको परिकल्पना मुलुककलाई आर्थिक रुपमा सकृय बनाएर लैजानका निमित्त,नयाँ सामाजिक,साँस्कृतिक परिकल्पना,सास्ँकृतिक समानताको परिकल्पना,नयाँ विदेश निति लागू गरि नेपाल स्वतन्त्र हुनुपर्ने,अन्र्तराष्ट्रिय सम्बन्धलाई नयाँ स्थानमा उठाउनका निमित्त सविंधानको नयाँ परिकल्पना रहेको बताए । १८ वर्षपश्चात स्थानीय निकायको निर्वाचन जनताले आफ्नो आवश्यक चाहना, आधारभूत आवश्यकता,विकास निर्माण जस्ता कार्यमा आफ्नो चाहना अनुसार प्राप्त गर्ने अवसर पाएका छन् यसलाई सक्रिय रुपले सफल पार्न नेकपा एमालेको महत्वपूर्ण भूमिका रहेने उनको भनाई छ ।
मुख्य पार्टी एकता नभएको कारण नेकपा एमाले प्रतिपक्षी दलका रुपमा बस्नु परेकाले नयाँ निती निमार्णको निमित्त सविंधानको कार्यन्वयन गर्न नसकिएको बताउँदै उनले सरकारमा रहेका दलले राष्ट्रको शिर झुकाएका,प्रधानमन्त्रीको भारत भ्रमणले राष्ट्रियताको सुरक्षित नगरेकाले एमालेको सरकारमा गरेको राष्ट्रिय हितका कार्य,बजेट पारितमा भएका उपलब्धि लगायतका विषयमा चार महिने अभिमुखिकरण कार्यक्रम सञ्चालनले स्थानीय निकाय,प्रदेशको निर्वाचनमा सहयोग पुर्याउनेमा जोड रहेको उनको ठहर रहेको छ । पार्टीभित्र रहेका सम्पूर्ण समस्या समाधान गरि लोकप्रिय पार्टी बन्ने उनको ठहर छ ।
नेकपा एमाले इलामले आयोजना गरेको एक दिने अभिमुखीकरण कार्यक्रममा केन्द्रिय अर्थ तथा योजना विभाग सदस्य तेजबहादुर ढकाल,केन्द्रिय सदस्य तथा मेची अञ्चल इन्चार्ज हिक्मत कार्की,पूर्व सूचना तथा संचार मन्त्री शेरधन राई,भिम आचार्य लगायतले नेकपा एमालेले गरेका कार्यको विषयमा स्थानीय निकाय,प्रदेशको निवार्चनमा खेल्ने भूमिकाबारे अभिमुखिकरण कार्यक्रममा प्रशिक्षक दिएका थिए ।कार्यक्रम नेकपा एमाले इलामका अध्यक्ष राम रानाको अध्यक्षतामा सम्पन्न भएको थियो ।