धरान/पाँचौं राष्ट्रिय कर दिवसको अवसरमा सुनसरी उद्योग बाणिज्य संघ धरान र आन्तरिक राजश्व कार्यालय धरानले संयुक्त रुपमा प्रभातफेरी कार्यक्रम गरेका छन् । [caption id="attachment_19354" align="alignnone" width="960"]kar diwas पाँचाै‌ कर दिवशकाे र्यालीमा सहभागीहरु । तस्बिर: उपेन्द्र चाम्लिङ[/caption] बुधबार उवासंघको कार्यालयबाट र्याली सुरु गर्दै आन्तरिक राजश्व कार्यालयमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै उवासंघका निवर्तमान प्रथम उपाध्यक्ष कृष्णकुमार अग्रवालले कर सही ठाउँमा प्रयोग हुनु पर्ने जिकिर गरे । त्यस्तै निर्वतमान अध्यक्ष सरोज श्रेष्ठले राजनीतिज्ञहरुलाई दिने रकमहरु विकासको काममा खर्चिनु पर्ने बताए । आन्तरिक राजश्व कार्यालय प्रमुख धमेन्द्रकुमार मिश्रले उद्योगी, व्यापारी व्यवसायीहरुले कर तिरेर राष्ट्रलाई सहयोग गरिदिनु पर्ने बताए । कार्यक्रममा संघका अध्यक्ष राजेन्द्र साहलेसमेत बोलेका थिए । tax र्याली उवासंघबाट पुरानो बजार, माछाभौडी, देशीलाइन, भानुचौक, छाताचौक हुँदै आन्तरिक राजश्व कार्यालय पुगेको थियो ।