काठमाडौं/नेपाल विद्युत् प्राधिकरण र तेह्रथुम पावर कम्पनीबीच विद्युत् खरिद सम्झौता भएको छ । प्राधिकरण र कम्पनीबीच सोमबार उक्त सम्झौतामा हस्ताक्षर भएको हो ।
कम्पनीका प्रबन्ध निर्देशक मोहनकुमार डाँगीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको लामो छानबिनका कारण आयोजना दुई वर्ष छ महिना ढिला भएपनि सम्झौता गर्न आपूmहरु सफल भएको जानकारी दिए ।प्रबन्ध निर्देशक डाँगीका अनुसार वर्षादको समयमा प्रतियुनिट ४ रुपैयाँ ८० पैसा र हिउँदमा प्रतियुनिट ८ रुपैयाँ ४० पैसामा सम्झौता गरिएको हो ।तेह्रथुम पावर कम्पनीले ७ दशमलब ५ मेगावाट क्षमताको माथिल्लो खोरङाखोला आयोजनाको निर्माण प्रक्रिया शुरु गरेको छ ।
आयोगले वित्तीय व्यवस्थापन गर्न नसकेको भन्दै उक्त आयोजनाको अनुमतिपत्र खारेज गर्न ऊर्जा मन्त्रालयलाई निर्देशन दिएको थियो ।कम्पनीले २०७६ पुुुस १ गते आयोजना सम्पन्न गर्ने गरी कार्य अगाडि बढाएको छ । आयोजनाले जग्गा खरिद र पहुँचमार्ग निर्माणको काम शुरु गरिसकेको जनाएको छ । आयोजना बनाउन एक अर्ब ३४ करोड लाग्नेछ । कूल लगानीको ३० प्रतिशत प्रवद्र्धक र ७० प्रतिशत ऋण लगानी गरी आयोजना अगाडि बढाउन लागिएको जानकारी दिँदै निर्देशक डाँगीले स्थानीयबासीलाई १० प्रतिशत र आम नागरिकलाई २० प्रतिशत शेयर वितरण गरिने बताए ।
ऊर्जा मन्त्रालयले एक सय मेगावाट क्षमतासम्मको आयोजनाको विद्युत् खरिद सम्झौता गर्ने अख्तियारी प्राधिकरणका कार्यकारी निर्देशकलाई दिएपछि पछिल्लो दिनमा निजी क्षेत्रका प्रवद्र्धकको आयोजनाको सहज रुपमा सम्झौता हुन थालेको भन्दै प्रबन्ध निर्देशक डाँगीले खुशी व्यक्त गरे । आयोगको कारबाहीमा नपरेको भए आयोजना २०७४ पुसमा सम्पन्न हुने थियो ।