15112016014101Jit-1000x0धरान /  नेपाल तरुण दलको अध्यक्षमा जितजंग बस्नेत निर्वाचित भएका छन् । पोखरामा जारी चौंथो महाधिवेशनले सभापति शेरबहादुर देउवा निकट बस्नेतलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको नेपाल विद्यार्थी संघका नेता उत्तम साउदले जानकारी दिए । देउवालाई नेतृत्वसहित ३० प्रतिशत, खड्कालाई कोषाध्यक्षसहित १० प्रतिशत, पौडेललाई महासचिवसहित ३० र सिटौलालाई उपाध्यक्षसहित ३० प्रतिशत सदस्यमा कुरा मिलेको बताईएको छ । तरुणको दलको नेतृत्वमा देउवाले बस्नेत र उपाध्यक्षमा सिटौलाले उत्तमकुमार चापागाईंलाई ल्याएका छन् । पौडेल समूहभित्र महासचिवमा कसलाई लैजाने भन्नेमा विवाद भएको छ । पौडेलले भूपेन्द्रजंग शाही, महामन्त्री शशांक कोइरालाले सिद्धार्थ कोइराला र नेता रामशरण महतले रमेश महतलाई महासचिवमा बनाउनुपर्ने बताएका छन् । विधान संशोधन ७५ सदस्यीय कार्यसमिति बनाउन सबै नेताबीच सहमति भएको छ । नयाँ कार्यसमितिको अध्यक्ष बस्नेत देउवा टिमका हुन् भने उपाध्यक्ष कृष्ण सिटौला पक्षलाई दिइएको छ । त्यसैगरी कोषाध्यक्ष खुमबहादुर खड्का र महासचिव पौडेल समूहलाई दिइएको छ ।