काठमाण्डौ/सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को मुख्यालयलाई आज बहिर्गमित जनमुक्त्ति सेनाले घेराउ गर्ने भएको छ ।
कोटेश्वर पेरिसडाँडास्थित माओवादी केन्द्रीय कार्यालयमा धर्ना तथा घेराउ गर्न लागिएको बहिर्गमित जनमुक्ति नेपालका अध्यक्ष लेनिन विष्टले जानकारी दिए । सरकारले लिएको दमन नीति र नेकपा (माओवादी केन्द्र)ले अपनाएको गलत कदमको विरोधमा केन्द्रीय कार्यालयमा धर्ना दिन लागिएको उनले बताए ।
शान्ति प्रक्रियाका क्रममा चार हजार नौ जनालाई अयोग्य लडाकुको संज्ञा दिएर शिविरबाट बाहिर पठाएपछि अयोग्य लडाकुहरू संगठित भएर आन्दोलन गर्दै आएका छन् ।
उनीहरूले अयोग्य पदावली फिर्ता गर्नुपर्ने, बिहिर्गमनमा परेका ४ हजार ९ जनालाई जनसेनाको सरह ब्यबहार गर्नुपर्ने, सरकार, तत्कालीन माओबादी नेतृत्व र सरोकारवाला पक्षले बाल सैन्य भर्तिबाट भएको अधिकारको उलंघनको जिम्मेवारी लिनुपर्ने लगायतका माग राख्दै आएका छन् ।