इटहरी/ इटहरीका होटलबाट हुने अपराधिक कृयाकलाप रोक्न होटलमा बास बस्दै आउने पाहुनाहरुको परिचय पत्र अनिवार्य गरिने भएको छ । परिचय पत्र विना पाहुँनालाई रात विताउने गरी बस्न दिदा अपराधिक क्रियकलापमा संल्लग्न र अपराधिक योजना बन्ने सम्भावनालाई मध्यनजगर गरी प्रहरी, होटल व्यवसायी र इटहरीका उद्योगी व्यापारीहरुले परिचय पत्र अनिवार्य गर्न सहमत भएका हुन् ।आइतबार इटहरीमा आयोजना गरिएको एक कायृक्रममा सहभागीबाट छलफल भई परिचय पत्रका साथै एक रुपता हुने गरी फारम तयार गरी होटल व्यवसायीले राख्नु पर्ने इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी नरेशराज सुवेदीले बताए ।
उनका अनुसार परिचय पत्र र अभिलेखका साथै पाहुनाको तथ्याङ्क कम्प्युटराईज गरी एक प्रति इलाका प्रहरी कार्यालयलाई पठाउने व्यवस्थाको प्रकृया शुरु गर्न होटल व्यवसायी सहमत भएका छन् । इटहरी अपराधीहरुको सेन्टर पोइन्ट नबनोस् भनेर इटहरीको सुरक्षाको लागि आफूहरु सकारात्मक भएको होटल व्यवसायी संघ इटहरीका सचिव उमेश दाहालले बताए । उनका अनुसार राती १० बजेसम्म होटल सञ्चालन गर्ने विषयमा समेत सहमति भएको छ ।परिचय पत्र नखुलाई पाहुना राख्दा गत २०७१ अघि भदौ ३१ गते इटहरीस्थित अरुण गेष्टहाउसमा भोजपुर ठेगाना लेखाई बिनोद साहीको नाम लेखाएका पाँचथरका तेजबहादुर घिमिरेले एक महिलाको हत्या गरेका थिए । केही समय अघि तरहरामा यस्तै व्यक्तीबाट रातको समयमा ६ राउण्ड गोली प्रहार भएको थियो । यता, इटहरी र आसपासमा गरी लज सहित सञ्चालन गरिएका होटल कति छन् अहिलेसम्म तथ्याङ्क छैन ।
संघमा २ सय ५० भन्दा बढी होटल आवद्ध छैनन् । २०५३ सालमा स्थापना भएको होटल व्यवसायी संघ इटहरीले इटहरी र आसपासका होटललाई संघमा ल्याउन पहल नगरेको हो वा होटल तथा जल व्यवसायी नै आउन नचाहेका हुन् यस्ता अपराधिक घटनाले अनुसन्धानको विषय बनाएको छ । इटहरी उपमहानगरपालिकाले भने होटल सञ्चालन व्यवस्थित बनाउन आचार संहितानै जारी गरिएको र त्यो प्रभावकारी कार्यान्वयन नभएको जनाएको छ ।