20160421_134240भद्रपुर/ झापाको भद्रपुर छोटी भन्सारमा कर्मचारी र व्यापारीको आपसी साँठगाठमा अनियमिता हुने गरेको पटक पटक सञ्चारमाध्याम मार्फत सार्वजानिक भएपछि कार्यालयले सिसी क्यामेरा जडान सुरु गरेको छ । कार्यालयले आफ्नो क्षेत्र देखि मेचीनदी तथा भदपुर तर्फ जाने सडकलाई देखिने गरि विभिन्न स्थानमा अध्याधुनिक प्रविधीका पाँच ओटा सिसी क्यामेरा जडान सुरु गरिएको छोटी भन्सार कार्यालय भद्रपुरले जनाएको हो ।

सिमा क्षेत्रमा हुने आपराधिक गतिविधीका साथै चोरी पैठारी नियन्त्रण तथा व्यापारीसग भन्सार कर्मचारीको यथार्थ गतिविधी पुष्टिको लागी आवश्यक ठानेर शनिवारदेखि क्यामेरा जडान गरिएको छोटी भन्सार कार्यालय भद्रपुरका अधिकृत गणपती कँडेलले बताए । व्यापारीले आफ्नो कारोवार के कस्तो किसिमले गरेको छ कि छैन साथै कर्मचारीले पनि जाँचपास कसरी गरिरहेका छन् भन्ने कार्यलाई छोटीभन्सार देखि मुल भन्सार हुदै विभागसम्म प्रत्यक्ष हेर्न पाउने प्रविधी जडान गरिएको अधिकृत कँडेलको भनाई छ ।

भारतवाट आएका जुनसुकै सामान तथा वारीपारी गर्ने गतिविधीलाई क्यामेरा मार्फत कैद हुने भएकोले भद्रपुर सिमा क्षेत्रमा यसको औचित्य महत्वपुर्ण रहेको उनले बताए । क्यामेरा जडानले अबका दिनमा भद्रपुर नाका भएर हुने जुनसुकै गतिविधीमा आरोप प्रत्यारोप पुष्टि हुने उनले बताए । क्यामाराको अनुमानित लागत हालसम्म १लाख रहेको उनले जनाए ।

भन्सारलाई आधुनिकिकरण गर्ने सिलसिलामा देशभरिका छोटी भन्सारमध्ये भद्रपुर छोटीमा क्यामेरा जडान पहिलो भएको मेची भन्सार कार्यालय काकरभिट्टाका प्रमुख भन्सार अधिकृत भीम प्रसाद अधिकारीले बताए ।