pic-3धनकुटा/ जिल्लामा क्रियाशील राजनैतिक दलहरु र यहाँका सांसद्हरुले स्थानीय विकास मन्त्री र आयोगका अध्यक्ष तथा सदस्यहरुलाई आइतबार छुट्टाछुट्टै ज्ञापनपत्र बुझाएका छन् ।उनीहरुले धनकुटालाई सातवटा स्थानीय तह बनाउन माग गर्दै काठमाडौँमै पुगेर सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डे तथा स्थानीय निकायको सङ्ख्या तथा सिमाना निर्धारण आयोगका अध्यक्ष बालानन्द पौडेललाई कार्यकक्षमै भेटेर ज्ञापनपत्र बुझाएका हुन् ।

उनीहरुले प्रदेश नं. १ का संयोजक तथा आयोगका सदस्य श्यामकृष्ण भुर्तेललाई पनि ज्ञापन बुझाए । भौगोलिक सुगमता, भू–बनोट र समुदायगत सघनताका आधारमा धनकुटालाई कम्तीमा सातवटा स्थानिय तह बनाउन माग गर्दै शिक्षा राज्यमन्त्री धनमाया विक, पूर्वमन्त्री तथा सांसद् सुनिलबहादुर थापा, सांसद्हरु टीकाराम चेम्जोङ, मनोहरनारायण श्रेष्ठ, उदय नेपाली श्रेष्ठ, अञ्जना ताम्लीलगायतले संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका हुन् ।

त्यसैगरी काङ्ग्रेसका जिल्ला सभापति अग्निप्रसाद पौडेल, एमालेका जिल्ला अध्यक्ष राजेन्द्र राई, माओवादी केन्द्रका जिल्ला इन्चार्ज हेमराज भण्डारी, राप्रपा नेपालका कृष्ण थापा, राप्रपाका श्याम गुरुङ, राष्ट्रिय जनमुक्ति पार्टीका जिल्ला संयोजक सविला मोक्तान तामाङ, सङ्घीय लिम्बूवान मञ्चका जिल्ला इन्चार्ज चन्द्रसिंह नेम्बाङ लिम्बूले पनि संयुक्त ज्ञापनपत्र बुझाए ।ज्ञापनपत्रमा याक्खा स्वायत्त क्षेत्र महालक्ष्मी गाउँपालिका, बौद्धमार्गी समुदायको संरक्षित क्षेत्र पाख्रिवास नगरपालिका, लिम्बूवान स्वायत्त क्षेत्र छथर गाउँपालिका, आठपहरिया स्वायत्त क्षेत्र धनकुटा नगरपालिका, राई स्वायत्त क्षेत्र खाल्सा शहीदभूमि गाउँपालिका, साँघुरीगढी गाउँपालिका र लिम्बूवान स्वायत्त क्षेत्र चौबीसे गाउँपालिका हुने गरी कम्तीमा सात स्थानीय निकाय हुनुपर्ने उल्लेख छ ।जिल्लास्थित प्राविधिक सहयोग समितिको सर्वपक्षीय भेला तथा बैठकले तयार गरेको तथ्य र आधारसहितको आधारपत्र पनि बुझाइएको थियो ।

काङ्ग्रेसका जिल्ला सचिव विजयसन्तोषी राईले दलहरुका तर्पmबाट ज्ञापनपत्र वाचन गरेका थिए । मन्त्री पाण्डे, आयोगका अध्यक्ष पौडेल तथा प्रदेश नं. १ का संयोजक तथा आयोगका सदस्य भुर्तेलले ज्ञापनपत्र ग्रहण गर्दै स्थानीय तहको सङ्ख्या निर्धारण गर्दा धनकुटालाई अन्याय भएको महसुस भएकोले यसबारे आपूmहरु सकारात्मक रहेको बताएका थिए । आयोगले सबैका भावनालाई उच्च सम्मान उनीहरुको भनाइ रहेको टोलीमा संलग्न सदस्यले बताए ।