आगलागीमा पाँच लाखको क्षति
- कार्तिक २८, २०७३
- ब्लाष्ट खबर
इनरुवा/सुनसरीको औरावनी गाविस–२ मा शनिबार मध्यराति आगलागी हुँदा पाँच लाख रुपैया बराबरको क्षति भएको छ ।
आगलागीमा परेर पसलभित्र रहेको फ्रिज, चाउचाउ, बिस्कुट, चामल, चिनीलगायतको सामग्री पूर्णरुपले जलेर नष्ट हुँदा रु पाँच लाख बराबरको क्षति भएको पसल सञ्चालक सुरेश चौधरीले जानकारी दिए । विद्युत् सर्ट भएर आगलागी भएको स्थानीयवासीले बताएका छन् ।
आगलागीलाई स्थानीयवासी र प्रहरीले संयुक्त रुपमा नियन्त्रणमा लिएको स्थानीयवासी सुरेन्द्र चौधरीले जानकारी दिए । रासस