इटहरी/नेपालमै युवालाई स्वरोजगार बनाउन सरकारले कोष स्थापना गरे पनि स्वरोजगार बन्न युवामा उत्साह नहुँदा तयार भएको कोषको रकमसमेत सदुपयोग हुन सकेको छैन । सरकारले विभिन्न कार्यक्रममार्पmत् युवालाई स्वरोजगार बनाउन कोषको स्थापना गरेको छ तर पूर्ण रुपमा कोषको सदुपयोग नभएको पाइएको छ ।
युवा तथा साना व्यवसायी स्वरोजगार कोषसम्बन्धी सुनसरी जिल्ला संयोजन तथा अनुगमन समितिद्वारा शनिबार यहाँ आयोजित एक कार्यक्रममा सहभागीहरुले युवालाई स्वरोजगार बनाउन आएको कोषको सदुपयोग नभएको गुनासो गर्दै गर्दा युवा तथा साना व्यवसायी स्वरोजगार कोषका उपाध्यक्ष डा. प्रेम दङ्गालले भने कोष नै खर्च नभएको बताए । कोषमा ३० अर्ब रुपैयाँको हाराहारीमा रकम भए पनि अहिलेसम्म ४ अर्ब मात्रै लगानी भएको बताए । सरकारले देशमा सञ्चालित बैङ्क तथा वित्तीय संस्थामा निक्षेप सङ्कलन भएको रकमको ५ प्रतिशत गरीब तथा असहायको उत्थानका लागि लगानी गर्नुपर्ने र सो रकमको एक तिहाइ रकमबाट स्वरोजगार कोष सञ्चालन भएको उपाध्यक्ष दङ्गालले प्रष्ट पारे ।
कोषमा आएको रकम सरकारको नभएर बैङ्कमार्पmत् आएको जानकारी दिँदै उनले लगानी भएको रकम दुरुपयोग र पुरताल नभएमा राज्यले जसरी पनि असुल गर्ने उनको भनाइ छ ।युवालाई स्वरोजगार बनाउन छुट्याइएको रकम कसैले दुरुपयोग गर्न नमिल्ने भन्दै उनले व्यवसाय गरी जीविकोपार्जन गर्न इन्छुकले प्रक्रिया पु¥याएर आए सबैलाई लगानी गर्न कोष सञ्चालक समिति तयार रहेको पनि उनले बताए । अहिले सहकारी संस्थामार्पmत् कोषको रकम प्रदान गरिने र नियमित किस्ता बुझाउनेलाई अनुदानको समेत व्यवस्था गरिने उनले जनाए ।सहभागीले कोषको ब्याज महङ्गो भएको र लक्षित स्थानमा नपुगेको भन्दै गुनासो गरेका थिए । सुनसरीमा अहिलेसम्म स्वरोजगारका लागि ३ करोड ५५ लाख रुपैयाँ लगानी भएको समितिका सदस्य सचिव चिरञ्जीवी भट्टराईले जनाए तर सो रकमबाट बेरोजगारले भन्दा रोजगार तथा व्यवसाय भएकाले फाइदा लिइरहेको सहभागीहरुको भनाइ छ ।
युवालाई वैदेशिक रोजगारमा जानबाट रोकेर मुलुकमा स्वरोजगार बनाउन सरकारले २०६५ सालदेखि यो कार्यक्रम ल्याएको हो । तर, झण्झटिलो प्रक्रिया र युवामा स्वदेशमै स्वरोजगार बन्ने चाहना न्यून हुँदा कोष स्थापनाको उद्देश्य पूरा हुन सकेको छैन ।इटहरीका अङ्कुर बचत, तलेजु बचत र पारिजात बचत तथा ऋण सहकारी संस्थाले संयोजन गरेको कार्यक्रममा सुनसरीका निमित्त प्रमुख जिल्ला अधिकारी गोपाल पराजुली, जिल्ला सहकारी सङ्घका कार्यवाहक अध्यक्ष दामोदार कोइरालासहित सहभागी सहकारी संस्थाका अध्यक्षले कोषको प्रभावकारी कार्यान्वयनमा जोड दिएका थिए । कोषले आगामी पुस महिनादेखि नयाँ चरणमा कोष परिचालनको आह्वान गर्ने तयारी गरिरहेको छ ।