repइटहरी/तीन वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा ७१ वर्षीय वृद्ध पक्राउ परेका छन् ।शुक्रबार दिउँसो इटहरी–२५ नयाँटोल बस्ने डम्बरबहादुर कार्कीले घरमा टीभी हेर्न आएकी छिमेककी तीन वर्षीया बालिकालाई करणी गरेको अभियोग लागेको छ ।

बालिकाका अभिभावकको निवेदनपछि आरोपी कार्कीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको इटहरी इलाका प्रहरी कार्यालयका डिएसपी नरेशराज सुवेदीले जनाए । बालिकाको स्वास्थ्य परीक्षणका लागि उनलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको प्रहरीले जनाएको छ ।