तस्विर अनलाईनबाट[/caption]
धरान /भारतीय राष्ट्रपति प्रणव मुखर्जी तीनदिने राजकीय भ्रमणका लागि बुधबार नेपाल आइपुगेका छन्।मुखर्जीको स्वागतका लागि राष्ट्रपति विद्या भण्डारी आफै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पुगेकी थिइन् ।
उनले अति विशिष्ट कक्षमा मुखर्जीलाई स्वागत गरेकी छन् । मुखर्जीको स्वागतका लागि उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि अतिविशिष्ट कक्षमा पुगेका छन् ।मुखर्जी आउनुभन्दा अघिदेखि नै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सबै उडान तथा अवतरण बन्द गरिएको थियो ।
मुखर्जी विमानस्थलबाट न बाहिरुन्जेल सम्म विमानस्थल बन्द नै रहने भएको छ ।१८ वर्षपछि भएको भारतीय राष्ट्रपतिको नेपाल भ्रमणलाई ध्यानमा राख्दै काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ । सुरक्षा प्रवन्धको जिम्मा नेपाली सेनालाई दिइएको छ ।
































