भद्रपुर/ जंगली हात्तीको आक्रमणवाट एक जनाको ज्यान गएको छ । झापाको गरामनी गाविस किसानभिट्टा ४ का ६० वर्षिय जयनारायण अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
गाई पगा लगाउन गएका अधिकारीलाई घर नजिकै रहेको भेलागढी जंगलवाट आएको एउटा हात्तीले शनिवार दिउँसो अन्दाजी १ बजे आक्रमण गरेको झापाका प्रहरी प्रमुख शैलेस थापा क्षेत्रीले बताए । हात्तको आक्रमणवाट तत्काल उनको मृत्यु भएको साथै लासलाई पोष्टमार्टमको प्रक्रिया अघि बढाइएको एसपी क्षेत्रीले जानकारी दिए ।
घट्ना पश्चात जिल्ला वन कार्यालयको गस्ती टोलीले साइरन बजाएपनि हात्ती कतिको संख्यामा छन् भने पत्ता लाग्न सकेको छैन । हात्ती अधिकारीको घर नजिकै रहेको भेलागढी सामुदायीक वनमा पसेको स्थानीयले अनुमान गरेका छन् ।