[caption id="attachment_18063" align="aligncenter" width="800"]pakali तस्विर उपेन्द्र चाम्लिङ /ब्लाष्ट खबर[/caption]

धरान/सशस्त्र प्रहरीको १६ औँ स्थापना दिवसका अवसरमा सशस्त्र प्रहरी बलको पकलीस्थित वराह बाहिनी मुख्यालयमा विविध कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा १ नम्बर प्रदेशको उच्च अदालतका मुख्य न्यायाधीश तेजबहादुर केसीले देश र जनताको जीउधनको रक्षाका लागि सशस्त्र प्रहरीले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।पालको बदलिँदो परिस्थितिमा स्थापना गरिएको सशस्त्र प्रहरी बलले देशको सीमा सुरक्षाका साथै भूकम्प र बाढीपहिरोका समयमा उद्धार तथा राहतका कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरेको न्यायाधीश केसीले बताए ।

कार्यक्रममा सशस्त्रको वराह बाहिनीका डीआईजी सुरजकुमार श्रेष्ठले नेपाल र नेपाली जनताको हितका लागि निरन्तर काम गर्ने प्रतिबद्धता जनाए ।कार्यक्रममा सशस्त्रका पूर्व आईजीपी कृष्णमोहन श्रेष्ठ तथा कर्तव्य क्षेत्रमा अहोरात्र रही ज्यान गुमाउने प्रहरीहरुप्रति श्रद्धाञ्जलीसहित पुष्पगुच्छा अर्पण गरिएको थियो ।सो अवसरमा आयोजना गरिएका विभिन्न खेलमा उत्कृष्ट हुने प्रहरीहरुलाई पुरस्कृत गरिएको थियो । यस्तै कर्तव्य निर्वाह गर्ने क्रममा मृत्यु वरण गरेका सशस्त्र प्रहरीका आफन्तहरुलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा सुरक्षा निकायका प्रमुख, नेपाली सेनाको पूर्वी पृतना मुख्यालयका प्रमुख, उद्योगी, व्यवसायीलगायत विशिष्ट व्यक्तिहरु सहभागी थिए । यसै अवसरमा सशस्त्रको इलामस्थित श्रीअन्तु गुल्मले पनि विभिन्न कार्यक्रम सम्पन्न गरेको छ ।

सो अवसरमा सशस्त्रका कर्मचारीहरुलाई सम्मान तथा पुरस्कार वितरण गरिएको सशस्त्र प्रहरी बलको श्रीअन्तु गुल्मले जनाएको छ । उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारीहरुमा इन्स्पेक्टर कमल अधिकारी, सहायक वरिष्ठ हवल्दार रामशरण सुनार, सहायक हवल्दार राजन घिमिरे, सहायक हवल्दार गङ्गा खवास, सहायक प्रहरी जवान नरेन राई र रामबहादुर भोलान छन् ।यसै अवसरमा श्रीअन्तु गुल्मले आयोजना गरेको जिल्लास्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिता बुधबार सम्पन्न भएको थियो । पछिल्लो समयमा इलाममा ब्याडमिन्टन प्रतियोगिताहरु बाक्लै रुपमा आयोजना भइरहेका छन् ।

इलाममा अन्य खेलका लागि खेलमैदान नभएकोले ब्याडमिन्टनमा खेलाडीहरु आकर्षित भइरहेका छन् । प्रतियोगितामा २० टिम सहभागी थिए । प्रतियोगितामा फुर्तेम्बा शेर्पा र हुकुमलाल थेबेको जोडीलाई हराउँदैे कुशबहादुर थेबे र टीका भलामीको जोडीले उपाधि हात पारेको थियो ।प्रतियोगिताका विजेताहरुलाई दिवसकै दिन पारेर पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको छ । प्रतियोगितामा सम्पन्न ‘बी’ तर्पmका सहायक प्रहरी वरिष्ठ हवल्दार दिलबहादुर कार्की तथा टेबलटेनिस प्रतियोगिताका प्रथम सहायक प्रहरी जवान मलमल गुरुङलाई पुरस्कार वितरण गरिएको श्रीअन्तु गुल्मले जनाएको छ ।