patakaभद्रपुर/ नेपालमा प्रतिबन्धित अन्दाजी २ लाख रुपैयाँबराबरका बारुदजन्य पटाका प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइहरुबाट खटिएका टोलीले झापाका विभिन्न क्षेत्रबाट पटाका बरामद गरेका हुन् ।

दीपावली तथा छठ पर्वलाई लक्षित गरी भारतबाट भित्र्याइएका पटाका केचना, भद्रपुर, जलथल, पाठामारी, दमक, घेराबारीकुटी, गौरीगञ्ज, काँकडभिट्टा, पृथ्वीनगर, अनारमनी, कुमरखोदका प्रहरी इकाइहरुले बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कात्तिक ४ गतेदेखि अहिलेसम्म बरामद गरिएका पटाका सङ्कलन गरी बिहीबार जिल्ला प्रहरी कार्यालय परिसरमा सरोकारवाला निकायको रोहवरमा प्रहरीले नष्ट गरेको छ ।

चक्लेट, खोर्सानी, जगमग, झिर्भिmरे, चक्र, रकेटलगायत नाम गरेका पटाका पानीमा डुबाएर नष्ट गरिएको झापाका प्रहरी प्रवक्ता डीएसपी हरिप्रसाद शर्माले बताए । ती पटाका जिल्ला प्रशासन, नगरपालिका, उद्योग वाणिज्य सङ्घलगायतका प्रतिनिधिको रोहवरमा नष्ट गरिएको डीएसपी शर्माले जनाए ।