bhim acharyaइनरुवा / नेकपा एमालेका केन्द्रिय सचिव भिम आचार्यले नयाँ संबिधानले तोकिएकै मितिमा स्थानीय निकायको निर्वाचन गराउनका लागि आम नागरिकको खवरदारी आवश्यक रहेको बताएका छन् । नेकपा एमाले ४ न. क्षेत्रिय कमिटीको आयोजना र नेकपा एमाले इनरुवा नगरकमिटीको व्यवस्थापनमा सोमबार इनरुवामा आयोजित अगुवा कार्यकर्ता भेटघाट तथा शुभदिपावली र छठ पर्वको अवसरमा शुभकामना अदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन । नेकपा एमालेका सचिव आचार्यले नयाँ संबिधानले निर्धारण गरेको मितिमा स्थानीय निकायको निर्वाचन हुन नसके मुलुक संकटमा पर्न सक्ने भएकोले तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्नका लागि आम नगरिकको खवरदारी आवश्यक रहेको बताए । कार्यक्रममा नेकपा एमालेका बैकल्पिक केन्द्रिय सदस्य धर्मराज निरौलाले नयाँ संबिधान कार्यन्वयनको अवस्थामा रहेको र यसको पूर्णताका लागि स्थानीय निकायको निर्वाचन समयमै समपन्न गर्नका लागि सरकारलाई सचेत गराउन नागरिक समाजले दबावमुलक कार्यक्रम गर्नुपर्नेमा जोडदिए ।