धरान/संविधान कार्यान्वयनको लागि सत्ता पक्ष र विपक्ष नभनिकन एकठाउँमा उभिनु पर्ने उपराष्ट्रपति नन्दकुमार पुन मगरले बताएका छन् । [caption id="attachment_17767" align="alignnone" width="700"]uprastrapati तस्बिरः सन्ताेष काफ्ले[/caption]   तमु ह्युल छोँज धि गुरुङ केन्द्रीय राष्ट्रिय परिषद्को आइतबारदेखि जारी तमुहरुको प्रथम सार्क सम्मेलनलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले संविधान कार्यान्वयनको लागि सत्ता पक्ष र विपक्षी नभनीकन अघि बढ्नु पर्ने बताए । उनले भने, ‘संविधान कार्यान्वयन गर्नको लागि असन्तुष्ट पक्षहरुको मागलाई सम्बोधन गर्न आवश्यक छ ।’ उनले संविधान संसोधन गर्न आवश्यक रहेको बताउँदै संविधान संसोधनको लागि पनि तीन दल एकठाउँमा उभिन जरुरी रहेको बताए । उनले २०७४ माघ ८ गतेसम्म तीनवटै निकायको चुनाव सम्पन्न गरिसक्नु पर्ने बताए । उनले भने, ‘केन्द्र, प्रान्त र स्थानीय निकायको निर्वाचन २०७४ माघ ७ सम्म सम्पन्न गरिसक्नु पर्ने छ ।’ उनले देशको विकासमा तमुहरुको योगदानलाई भूल्न नहुने बताएका छन् । देशको उपलब्धीमा तमूहरुको भूमिका महत्वपूर्ण रहेको उपराष्ट्रपति पुनले बताए । उनले डा. हर्क गुरुङले नेपालको पहिचानमा विशेष भूमिका निर्वाह गरेकाले उनको योगदानलाई भूल्न नहुने बताए ।