prachanda-1-1-1-2काठमाडौँ / नेकपा (माओवादी केन्द्र)ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की्विरुद्ध संसदमा दर्ता भएको महाअभियोगको प्रस्तावको सम्बन्धमा आवश्यक निर्णय लिने अधिकार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई तोकेको छ । अध्यक्ष दाहाल निवास लाजिम्पाटमा आज बसेको केन्द्रीय कार्यालयको बैठकले महाअभियोग प्रस्तावमा विभिन्न पक्षसँग समन्वय गरी अगाडि बढ्न आवश्यक निर्णय लिने अधिकार अध्यक्ष दाहाललाई दिने निर्णय गरेको हो । बैठक महाअभियोग दर्ता भए पछिको राजनीतिक अवस्था र त्यसको प्रभावको विषयमा केन्द्रित रहेको बैठकमा सहभागी एक नेताले जानकारी दिए । बैठकमा महाअभियोगको पक्षमा अन्य दलसँग आवश्यक छलफल गर्ने पनि सहमति भएको छ । महाअभियोग प्रस्ताव दर्ता गर्दा अपनाइएको शैलीका सम्बन्धमा बैठकमा कतिपय सदस्यले भने असन्तुष्टि व्यक्त गरेका थिए । माओवादी केन्द्र र नेकपा (एमाले)सहितका १५७ जना सांसदले गत कात्तिक ३ गते संसद्मा प्रमुख आयुक्त कार्की्विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।