amala (3)इटहरी/ नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीमाथि दर्ता भएको महाअभियोगको प्रस्ताव टुङ्गोमा पु¥याउनु पर्ने बताएका छन् । महाअभियोगको प्रस्ताव आए पछि कति पय जिम्मेवार व्यक्तीलाई प्रलोभन र कतिपलाई तर्साउने काम हुने सम्भावना भएको भन्दै उनले प्रस्ताव दर्ता तथा समितिका सदस्यहरुलाई खुट्टा कमाउन आग्रह गरे ।नेकपा एमाले सुनसरी क्षेत्र नम्वर २ ले शुक्रबार इटहरीमा आयोजना गरेको २०७३ सालको महान् चाडको शुभकामना आदान प्रदान तथा परिक्षणकालिन पार्टी सदस्यहरुको सफत ग्रहण कार्यक्रमलाई सम्वोधन गर्दै नेता नेपालले लामो आफ्नो पार्टी एमालेको इतिहास र जिम्मेवारी तथा भूमिकाका बारेमा प्रष्ट पारे ।

अख्तियार प्रमुख कार्कीले अख्तियारको दुरुपयोग गरेको भन्दै उनले मन्तव्यकै क्रममा भने ‘अख्तियारको दुरुपयोग गर्ने कसैलाई पनि कानुनले छुट नदिने बताए ।’ अख्तियार प्रमुख कार्कीविरुद्ध संसदमा महाअभियोग दर्ता गराउनु भन्दा बढी पहिला हल्ला खल्ला गरेको भए दर्तानै नहुने सम्भावना बढेकोले बढी हल्ला नगरी दर्ता गराएको नेता नेपालले खुलासा गरे । अहिले आएर महाअभियोगको प्रस्ताव दर्ता गराएकोमा समर्थन गर्दै अन्य पार्टीका नेताहरुले आफूहरुसँग पनि सल्लाह गरेर गरेको भए राम्रो हुन्थ्यो भनेर गुनासो गरेको गर्ने गरेको उनको भनाई थियो ।जनमत अख्तियार प्रमुखको विपक्षमा रहेको संकेत गर्दै नेता नेपालले अख्तियार प्रमुख कार्कीले आफूलाई मन नपरेको जो कोहीलाई अनावश्यक दुःख दिने र पाएको अख्तियारको दुरुपयोग गर्ने गरेको बताए ।

‘अख्तियार प्रुमुख कार्कीले कसैलाई जागिर लगाउने, प्रमोसन गर्ने जस्ता काम गर्दा गर्दै अहिले आएर व्यवस्थापिका र न्यायपालिका माथि नै हस्तक्षेप गर्न थाले’ एमाले वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री नेपालले भने ‘अख्तियारले यति वेला तर्साउने र फाइदा उठाउने मात्रै काम गरिरहेको छ ।’ महा अभियोग समिति सदस्यहरुलाई फकाउने र तर्साउने काम हुन सक्ने भन्दै नेता नेपालले थपे ‘तपाईहरु नडराउनु होस्, तपाईहरुको पछि हामी छौं ।’ अख्तियार प्रमुख कार्कीले ‘अति’ गरेकाले यो अवस्था आएको उनले बताए ।संविधान कार्यान्वयनको प्रसंगमा नेता नेपालले तहगत निर्वाचन गराएर नयाँ संविधानलाई कार्यान्वयनमा उनले जोड दिए ।

त्यसको लागि एमाले जिम्मेवार भएर लागि रहेको भन्दै अन्य पार्टीहरुपनि जिम्मेवार भएर लाग्नु पर्ने उनको भनाई थियो । संविधान कार्यान्वयनसँगै केही असन्तुष्टी उठेको विषयमा उनले भने ‘संसारमा सत् प्रतिशतले मानेको संविधान कही हुँदैन, संविधानमा असन्तुष्टी राख्न पाइन्छ र यो संविधानका धारा परिवर्तननै हुन नसक्ने ढुङ्गाले कुँदिएको संविधान पनि होइन ।’ उनले जाति र भूगोल भन्दा पनि नेपाली हुँ भन्ने कुरालाई मुख्य आधार बनाएर अघि बढे मात्रै नेपालमा शान्ति र विकास हुने बताए ।कार्यक्रममा एमाले सचिव भीम आचाईले अव हुने निर्वाचनमा एमालेको स्पष्ट बहुमत आउने गरी अभियान चलाउनु पर्नेमा जोड दिए । कार्यक्रममा साँसद रेवतीरमण भण्डारी, तैयव हुसैन, एमाले सुनसरी अध्यक्ष द्वारिकलाल चौधरी, रामप्रसाद चौलागाई, महिला नेतृ लक्ष्मी गौतमलगायतले शुभकामना मन्तव्य राखेका थिए ।