IMG_0479भद्रपुर/पुर्व प्रधानसेनापती रुकमाङगत कटवालले संविधान संसोधन मार्फत नेपाललाई हिन्दुराष्ट्र घोषणा गर्नु पर्ने बताएका छन् । दुइजना नेताले मध्यरातमा गरेको निर्णयवाट नेपाललाई धर्मनिरपेक्ष बनाएकोमा हाल आएर नेतालाई पश्चताप भएको उल्लेख गर्दै यस्तो बताएका हुन् ।

राष्ट्रिय हिन्दु एकता मञ्चको आयोजनामा हिन्दुराष्ट्र पुर्नस्थापना मेचीमहाकाली अभियानको शनिवार ताप्लेजुङ्गमा उद्घाटन गर्न विहिवार झापा आएका कटवालले भद्रपुर प्रेस क्लबले कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो धारणा अघि सारेका हुन् । हिन्दुराष्ट्र पुर्नस्थापनाका महाअभियन्ता समेत रहेका कटवालले संविधानमा नसच्याउने हो भने नेपाली जनामार्फत जनमत संग्रहगरेर निर्णमा पुग्न जरुरी रहेको उल्लेख गरे । धर्म मानिसको करकाप नभई प्रजातान्त्रिक इच्छा भएकोले लोकतन्त्रमा स्वतन्त्रता हुन आवश्यक देखिएको उनले बताए ।

हिन्दुराष्ट्रका कारण सवै नेपाली एक तन्तु भएको उल्लेख गर्दै धर्मनिरपेक्षले एक अर्काविच फाँटो ल्याएको उनको बुझाई थियो । धर्मको विषयमा विखण्डन ल्याएर धार्मिक क्षेत्रमा भ्वाँङ पारेको प्रति दुःख व्यक्त गरेका थिए । आफु कुनै राजनैतिक नेता नभएको दाबी गर्दै देशको राजनितीका बारेमा फोरम पाएको बखत मनमा लागेका विचार सार्वजानिक गर्ने बताए । धर्मनिरपेक्ष जनताको माग नभई केहि नेताको स्वार्थ भएकोले आजको समयमा सवै नेपालीको चाहना धार्मिक स्वतन्त्रता सहितको हिन्दुराष्ट्र माग रहेको उनले बताए ।

भेटघाट कार्यक्रममा राष्ट्रिय हिन्दु एकता मञ्चका अध्यक्ष इन्द्रप्रसाद ओलीले अभियानको बारेमा प्रष्ट पारेका थिए । क्लबका अध्यक्ष गोविन्दचन्द्र क्षेत्रीको अध्यक्षता तथा कटवालको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको सञ्चालन महासचिव उत्तम नेपालले गरेका थिए ।