पथरी/ किरात राई विद्यार्थी संघको आठौ“ राष्ट्रिय सम्मेलन पूर्वी इलाममा आगामी मंसिर अन्तिम साता हुने भएको छ । बिहिबार मोरङको पथरीमा पत्रकार भेटघाटको आयोजना गरी संघका केन्द्रीय अध्यक्ष अर्जुन जम्नेली राईले सम्मेलनबारे जानकारी गराएका हुन । सम्मेलन मंसिर २६, २७ र २८ गते इलाम सदरमुकाममा हुने अध्यक्ष राईले बताए ।

‘पूर्ण संघीयता र वैज्ञानिक शिक्षाका लागि विद्यार्थी आन्दोलन, किरात स्वायत्त राज्य निर्माण गर्न गाउँ जागरण अभियान’ भन्ने मूल नाराको साथ सम्मेलनको तयारी भइरहेको बताए । सम्मेलन सफल गर्न अध्यक्ष अर्जुन जम्नेली राईको संयोजकत्वमा ५३ सदस्यीय आयोजक समिति र प्रतिवेदन लेखन, विधान संशोधन, आर्थिक, अतिथि सत्कार लगायतको १३ वटा उपसमिति गठन भएको संयोजक राईले बताए । अठार वटा जिल्लामा समिति रहेको संघको सम्मेलनमा ६ सय प्रतिनिधि÷पर्यवेक्षक सहभागि हुने संघले जनाएको छ । उद्घाटन कार्यक्रममा गायक कुवेर राई, पार्वति राई लगायत आकर्षक नृत्य, साकेला, च्याब्रुङ लगायतको झाँकीहरु प्रस्तुत हुने बताइएको छ । सम्मेलनमा नयाँ संविधान घोषणाहुदा पनि किन किरात स्वायत्त राज्य आएन भन्ने विषयमा गम्भीर समीक्षा हुने पत्रकार भेटघाटमा वितरित प्रेस विज्ञप्तिमा उल्लेख छ ।

किरात राज्य प्राप्तिको आन्दोलकै रुपमा सम्मेलनको तयारी भइरहेको उनले बताए । पहिचान सहितको संघीय राज्य स्थापनाको आन्दोलनमा किरात राई विद्यार्थी संघ सडक संघर्षमै रहेको र धर्मनिरपेक्षता, समानुपातिक÷समावेशी राज्य कायम नभएसम्म आन्दोलनमै रहने त्यहा“ उल्लेख छ । संविधान पुनरलेखन वा संशोधन मार्फत किरात स्वायत्त राज्य नभए आन्दोलन चर्केर जाने त्यहाँ बताइएको छ । संघले किरात राई यायोक्खाले प्रस्ताव गर्दै आएको १७ जिल्लाको किरात स्वायत्त राज्य हुनुपर्ने माग गर्दै आएको छ ।स्थानीय निकायको पुनःसंरचना सरोकारवालाहरुको सहभागितामा एक हजार वरिपरी संख्या बनाइ गाउ“पालिकाहरुको नाम स्थानीय समुदायको पहिचान खुल्ने गरी राखेर नया“ संरचनामै निर्वाचन हुनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

स्ववियु निर्वाचन जातीय जनसंख्याको आधारमा पूर्ण समानुपातिक निर्वाचन प्रणालीको आधारमा तत्काल गर्न माग गर्दै भूकम्प पीडित र असोज २८ गते बहमाई स्थित माइखोलामा ढुङ्गा दुर्घट्नाका मृतक परिवारलाई तत्काल राहत वितरण गर्न माग गरेका छन् । प्रस्तावित किरात स्वायत्त राज्यमा प्रसाशनिक सहजताको लागि किरातीहरुको भाषा र मनोविज्ञान बुझ्ने प्रमुख जिल्ला अधिकारी पठाउन, भाषामा पठानपाठन सुरु भएको विद्यालयका शिक्षक कोटाको व्यवस्था गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ । पत्रकार भेटघाटमा संघका उपाध्यक्ष उत्तम राई, सदस्य सुशन राई, सल्लाहकार दिपेन बाला राई, झापा दमकका समाजसेवी प्रबिन चाम्लिङ्गराई लगायतको उपस्थिति रहेको थियो ।