धरान/अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमाथि आजनै संसदमा पेश हुने भएको छ । सत्तारुढ माओवादी र प्रमुख प्रतिपक्षी एमालेका १५७ सांसदले हस्ताक्षर गरेर कार्कि बिरुद्ध बुधबार महाअभियोग प्रस्ताव दर्ता गरेका थिए । महाअभियोग संगै कार्की निलम्बीत भएका छन् । आज बिहीबार बस्ने संसद बैठकमा महाअभियोग प्रस्ताव पेश गर्ने तयारी भएको संसद सचिवालयले जनाएको छ । सचिवालयका अनुसार बिहीबार संसदको दुई वटा बैठक बस्ने तयारी छ । पहिलो बैठकमा सभामुख घर्तीले महाअभियोग प्रस्तावमाथि छलफलका लागि समय निर्धारण गर्नेछिन् भने दोस्रो बैठकमा छलफल हुनेछ । सभामुखको सचिवालयका एक अधिकारीले भने, प्रस्तावमाथि दोस्रो बैठकमा छलफल सुरुवात हुन्छ । संसदले बुधबार मात्र महाअभियोग सिफारिस समिति गठन गरेको छ । अब संसदले महाअभियोग प्रस्तावमाथि सामान्य छलफल गरेपछि यो समितिमा पठाउँछ । समितिले महाअभियोग लागेका व्यक्तवसँग बयान लिने, प्रमाण संकलन गर्ने र सफाइको मौका दिने जस्ता न्यायीक प्रक्रिया पुरा गरी प्रतिवेदन दिनेछ । र, समितिले महाअभियोग लगाउन उपयुक्त छ भन्ने राय सुझाव दियो भने संसदमा निणर्याथ पेश हुन्छ र दुर्इ तिहाइले पास भएमा कार्की स्वतः पदमुक्त हुनेछन् । स्रोतका अनुसार सिफारिस समितिले महाअभियोग लगाउन उपयुक्त छ भन्ने राय सुझाव दियो भने लोकमानविरुद्धको महाअभियोग संसदमा निणरयथ पेश हुन्छ