तरहरा /नेपाली काग्रेसका केन्द्रिय सदस्य तथा पूर्व जलस्रोत मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले काग्रेस सच्चा राष्टबादी पार्टी भएको वताए । नेपाली काग्रेसलाई राष्टवादी हो भन्ने सबैलाई थाहा भएको वताए । नपालका सबै जातजातीहरुलाई मिलाउँन सक्ने पार्टी काग्रेस भएको वताए ।नेपाली काग्रेसले संविधान निमार्णमा अहम भुमिका खेलेको वताए । काग्रेस हरेक दिन जनताको घर दैलोमा जानु पर्ने वाध्यता भएको भन्दै एमालेले देशमा नौटर्की गरीरहेको वताए ।
देश विकासमा काग्रेस पार्टीको विकल्प नभएको वताए । काग्रेस लोकप्रियताको हल्लामा भन्दा पनि काम गर्ने सबैको पार्टी वनाउँन लागी परेको वताए । देशकै ठुलो पार्टी भएको कारण काग्रेस सँग धेरै जिम्मेवारी रहेको भन्दै काग्रेस आगमी दिनमा देशलार्य अगाडी वढाउँन लागी पर्ने वताए ।नेपाली काग्रेसका जिल्ला सभापति राजिब कोईरालाले पार्टीको संगठनहरु वलियो हुदै गएको भन्दै संगठन विस्तारको काम तिब्र भईरहेको वताए । काग्रेस प्रति युवा जमात आर्कषित भईरहेको भन्दै युवा नेतृत्वले संगठन विस्तार भईरहेको वताए ।नेपाली काग्रेस रामधुनी भासीको सभापति सुदिप अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काग्रेसका ६ नम्वर क्षेत्रीय सभापति उपेन्द्र कटुवालले काग्रेसले संगठन विस्तारमा ध्यान दिनुको विकल्प नरहेको वताए । उनले भने काग्रेसीहरु संगठन विस्तारमा लाग्ने हो भने देशै भर काग्रेस विजयी हुने वताए । कार्यक्रममा सय भन्दा बढि अन्य पार्टीवाट काग्रेसमा प्रवेश गराईएको थियो । उनीहरुलाई केन्द्रिय सदस्य कार्कीले अविल लगाएर पार्टी प्रवेश गराएका थिए ।
कार्यक्रममा नेपाली काग्रेस महासमिति सदस्य राजिव ढुगाना, काग्रेस इटहरी नगरसभापति हेमकर्ण पौडेल,नेपाल विद्यार्थी संघका केन्द्रिय उपाध्यक्ष विकास केसी,काग्रेस जिल्ला सचिब केदार भण्डारी, नेपाली काग्रेस धरानका पर्व नगर अध्यक्ष किशोर राई, महाधिबेशन प्रतिनिधि प्रकाशचन्द्र परियार,महासमिति सदस्य रेवतीरमण दुलाल,भरत गौली लगायत जिल्लाका नेताहरुको उपस्थित रहेको थियो ।