जिरी, (दोलखा)/सामान्य प्रशासन मन्त्री केशव बूढाथोकीले समयमा नै स्थानीय निकायको चुनाव हुने बताएका छन् ।

दोलखाको पर्यटकीय नगरी जिरीमा आज बिहान पत्रकारसँग कुराकानी गर्दै उनले नेकपा एमाले जिम्मेवार पार्टी भएका हुनाले पनि चुनावमा सहजरुपमा सहभागी हुने दाबी गरे ।
मन्त्री बुढाथोकीले एमालेलाई चुनाव हुदैँन भन्न मिल्दैन् भन्दै एमाले सरकारमा रहँदा समेत प्रथामिकतामा रहेको स्थानीय चुनाव अब जसरी पनि हुनेमा आफू विश्वस्त रहेको बताए ।
उहाँले जिरीका स्थानीयवासीसँगको छलफल गरी भूकम्पपछिको पर्यटकीय नगरी जिरीको पुनःनिर्माणमा समेत चासो व्यक्त गरे ।