एमालेको शुभकामना शनिबार हुने
- असोज २७, २०७३
- ब्लाष्ट खबर
धरान/नेकपा एमालेले सधै वर्ष झै दशैं तिहार र छठलाई लक्षित गर्दै गरिने चियापान कार्यक्रम शनिबार गर्ने तय गरेको छ ।
एमालेले चियापान यसपटक काठमाडौंको शंख पार्कमा शुभकामना आदानप्रदान गर्ने भएको हो । चियापानको तयारीको लागि एमालेले प्रहरीसँग आज छलफल कार्यक्रम गरेको छ ।
एमालेले हरेक वर्ष यस्तो कार्यक्रम गर्दै आइरहेको छ ।