पथरी / मोबाइल चार्ज गर्न आधा घन्टा हिँडेर कदमाहा बजार पुग्नुपर्ने समस्या झेल्दै आउनुभएकी कदमाहा–४ की बेचनीदेवी मण्डलको घरमा सोलार बत्ती जडान गरिदिएपछि उनकाे समस्या समाधान भएको छ । उनी मात्र होइन थलाहा–५ की पर्वतीदेवी सरदारले त अरुको घर वा पसलमा मोबाइल चार्ज गर्दा १० तिर्नुपथ्र्यो । त्यस्तै डाइनिय गाविसका बाबुराम चौधरी मासिक ७ सयको मैनबत्ती खरिद गर्नु परेको सुनाउछन् । विद्युत् नपुगेका र महसुल तिर्न नसक्ने विपन्न सदायलाई लक्षित गरेर जिल्ला विकास समिति मोरङले जिल्लाका आधादर्जन गाविसका सोलार बत्ती जडान गरेर घर घरमा बाल्न थालेपछि कदमाहा–४ की बेचनीदेवी मण्डल, थलाहा–५ की पर्वतीदेवी सरदार , डाइनियाका बाबुराम चौधरी र थलाहाका दुःखीराम सन्थाल खुसी भएका हुन् ।
जिविस मोरङको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका प्रमुख ज्ञानेन्द्रकुमार सिंहका अनुसार संसद् विकास कोष र जिविसको रु ३० लाख लगानीमा विद्युत् नपुगेका ठाउँमा सोलार बत्ती जडान गरिएको हो । विशेष गरी जिल्लाका, दलित, विपन्न र पिछाडा वर्गको बसोबास रहदै आएको समुदायमा सोलार बत्ती जडान गरीएको हो । लोड सेडिङको विकल्पका रुपमा प्रयोग बढदै जान थालेको सोलार मोरङको थलाहामा ६५ सिजुवामा ४६ , टंकीमा ३७ डग्राहा ५ मा ४९ झुर्कीया , डाईनियामा ५७ बारङगीमा ४६ वटा सोलार वत्ती जडान गरिएको जिल्ला विकास समिति मोरङ उर्जाप्रर्बद्धन केन्द्रका प्रमुख सिंहले जानकारी दिए । रासस