धरान/झमझम पानी, हुस्सु र कुइरो । छिनमै परिवर्तन हुने मौसम भेडेटारको विशेषता । हावासगै परेको पानी । मौसमको बेपर्वाह । बेहुली झै सिगारिएको भेडेटारको आकाशमा उडिरहेका चंगाहरु देखिए । उत्सव थियो, दोस्रो भेडेटार चंगा चेटको ।राजधानी बाहिर महोत्सवका रुपमा मनाइने चंगाचेट उत्सवमा सयौको संख्यामा भेडेटारमा आन्तरिक तथा बाह्य पर्यटकहरुको खचाखच थियो । पर्यटन प्रवद्र्धनका लागि आयोजना गरिएको उत्सवमा पर्यटकहरु मोहित देखिन्थे । दशैं तथा घुमफिर वर्षको अवसरमा पूर्वको पर्यटकीयस्थल भेडेटारमा भेडेटार चंगाचेट उत्सव सुरु भएको छ ।

changa chait4

उत्सवको धनकुटा जिल्लाका प्रमुख जिल्ला अधिकार प्रेमप्रकाश उप्रेती, नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत सुमन घिमिरे र भेडेटार पर्यटन सद्भावना दूत कृतिका गिरी लगायतले चंगा उडाएर उद्घाटन गरेका थिए ।पूर्वमा दोस्रो पटक भेडेटार होटल एसोसिएसनको आयोजनामा शुक्रबारदेखि दुई दिने चंगाचेट उत्सवको दोस्रो संस्करण सुरु भएको हो । उत्सवको पहिलो दिन साईक्लिङ, चंगाचेटसहित नृत्य र गायन लगायतका कार्यक्रम भएका छन् । होटल एसोसिएसनका अध्यक्ष लीलाराज लावतीका अनुसार साईक्लिङको संयोजन राईडर्स एण्ड एमटिबी जोनले गरेको छ । त्यस्तै वाईवाईको प्रस्तुतिमा भएको टुवोर्ग भेडेटार चंगाचेट प्रतियोगीताका विजेतालाई सिक्किम, पोखरा र भेडेटारको टुर प्याकेजसहित चेसुङ वाईनको दशैं उपहार प्रदान गरिने छ ।

changa chait2

कार्यक्रमलाई पेप्सी, चेसुङलगायतले प्रायोजन गरेका थिए भने उत्सवको व्यवस्थापन सिल्भर इन्टरटेन्मेन्टले गरेको थियो ।उत्सवमा मगर जातिको मौलिक हुर्रा नृत्य, गरिमा डान्स सेन्टरका नृत्यहरु र राष्ट्रिय तथा स्थानीय गायकहरुले प्रस्तुति दिएका थिए । गायक नवराम राई र गंगा वरदानले आफ्ना नया तथा पुराना गीतहरुलाई दर्शक स्रोता माझ प्रस्तुत गरेका थिए । ‘पहिलो पटकको चंगाचेट पर्यटकहरुले पनि मन पराएपछि दोस्रो पटक आयोजना गरिएको हो ।’ एसोसिएसनका सचिव जीतेन्द्र रुम्दाली राईले भने, ‘यस पर्यटन उत्सवले पर्यटन विकासमा सहयोग पुग्छ ।’

changa chait2 नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत सुमन घिमिरेले भेडेटार जस्ता आकर्षक पर्यटकीय गन्तव्य स्थलमा चंगाचेट जस्ता उत्सवहरुले आन्तरिक पर्यटकलाई घुमौघुमौ लाग्ने वातावरण सिर्जना गर्ने बताए । भने, ‘यस वर्षको नेपाल सरकारले घोषणा गरेको घुमफिर वर्ष २०७३ लाई सफल बनाउन र, पर्यटनको दीगो विकासका गर्नका लागि सहयोग पुर्याउछ ।’उत्सवको प्रवद्र्धनका लागि राइडर्स एण्ड एमटिबी जोनको संयोजनमा ५० भन्दा बढी साइक्लिष्टहरुले धरानदेखि भेडेटारसम्म राइड गरेका थिए ।

सरकारको घुमफिर वर्ष बनाउने योजनालाई समेत सहयोग पुग्ने गरी दशैंको मौकामा पर्यटकलाई आकर्षण गर्न यस्तो उत्सव आयोजना गरिएको हो ।सो अवसरमा भेडेटार पर्यटन दूत तथा मिस पूर्वाञ्चल २०१६ कृतिका गिरी, पर्यटन कार्यालय काकरभिट्टाका प्रमुख गणेश तिम्सिनाले यस्ता कार्यक्रमले भेडेटारको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका थिए ।