Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • सिनेमा
  • बडादसैँले गाउँ भरिँदै सहर रित्तिँदै

बडादसैँले गाउँ भरिँदै सहर रित्तिँदै

  • असोज १९, २०७३
  • ब्लाष्ट खबर

पोखरा/नेपालीको महान् चाड बडादसैँको आगमनले पोखरा र आसपासमा केही दिनयता चहलपहल बढ्दै छ । दसैँलाई लक्षित गरी आवतजावत गर्नेको चाप सहर क्षेत्रमा बढिरहेको छ भने दसैँका लागि गाउँ फर्कने क्रमले विगतमा सुनसान बनेका बस्तीमा खुसीयाली बढाएको छ । रोजगारीको खोजीमा युवाको गाउँ छोड्नुपर्ने बाध्यता भए पनि दसैँ तिहार जस्ता चाडपर्वले वर्षमा एक दुई पटक परिवारका सदस्यबीच जमघट गराउने गरेको कास्की भरतपोखरीका टेकप्रसाद अधिकारी बताउछन् । “पछिल्ला वर्षमा अधिकांश गाउँका युवा रोजगारीको खोजीमा विदेश गएका छन् भने नेपालभित्रै पनि रोजगारी र अन्य अवसरका लागि युवा सहर बस्ने गरेकाले धेरै गाउँमा बूढाबूढीबाहेक कोही छैनन्,” उनले भने, “कहिले दसैँ आउँला र आफ्ना छोराछोरीसँग बसौँला भन्ने आशमा वर्ष बिताएका बूढाबूढीमा आफ्ना छोराछोरी तथा परिवारका सदस्य फर्केपछि खुसीयाली छाएको छ ।” रोजगारीका सिलसिलामा भारतको नयाँदिल्लीमा पुगेका नेपाली केही दिनयता ठूलो सङ्ख्यामा फर्किरहेको दिल्ली–पोखरा–दिल्ली बस सेवा सञ्चालन गर्दै आएको मोर्डन इरा टुर एन्ड ट्राभल्स दिल्ली शाखाका संयोजक दिलप पौडेलले जानकारी दिए । दसैँ आउन एक महिना अघिदेखि नै पोखरा तथा बागलुङको बस टिकट लिन धेरै नेपाली सम्पर्कमा आएको उनले बताए । “मोर्डन इराले दिल्लीको बरफखानाबाट बागलुङ हप्तामा तीन दिन र दिल्लीकै जहांगिरपुरीबाट पोखरा दैनिक एक वटा बस निरन्तर सञ्चालन गर्दै आएको थियो,” उनले भने, दसैँ तिहारमा स्वदेश फर्कने नेपालीको चापलाई दृष्टिगत गरी दिल्लीबाट बागलुङ दैनिक एक बस सञ्चालनमा ल्याएका छौँ भने जहांगिरपुरीबाट अरु दुई वटा बस थपेर दैनिक तीनवटा वस सञ्चालनमा आएका छन् ।” मोर्डन इरा र उत्तर प्रदेश परिबहन निगमको सहकार्यमा नयाँदिल्लीकै आनन्द विहारबाट पोखरा र पोखराबाट आन्नद विहारका लागि दैनिक नेपाल भारतमैत्री बस सेवा पनि सञ्चालन हुँदै आएको छ । दसैँको समयमा आफ्ना घर फर्कन चाहने प्रत्येक सर्वसाधारणलाई असहज नहोस् भनी पृथ्वी राजमार्ग बस सञ्चालक समितिले प्रत्येक रुटमा थप बस सञ्चालन गरिररहेको पृथ्वी राजमार्ग बस सञ्चालक समितिका अध्यक्ष एनकुमार शाहीले जानकारी दिए । “दसैँमा घर फर्कने जो कोहीले यातायातका कारण असुविधा नपाउन् भन्ने सोचका साथ गाडीको सङ्ख्या बढाएका छौँ,” उनले भने, “पृथ्वी राजमार्ग बस सञ्चालक समितिअन्तर्गत पोखराबाट दैनिक ६/७ सय सङ्ख्यामा बस गुडिरहेकामा दसैँलाई लक्षित गरी लगभग एक हजार ३०० भन्दा बढी सङ्ख्याका बसले यतिखेर सेवा दिइरहेका छन् ।” घटस्थापना सुरु भएयता रोजगारीका क्रममा पोखरा बस्दै आएका अधिकांश सर्वसाधारण दैनिक रुपमा आफ्नो स्थायी बसोबास भएका बागलुङ, म्याग्दी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, तनहुँ, गोरखा, लमजुङलगायतका विभिन्न जिल्लामा फर्कने क्रम निकै बढिरहेको छ । दसैँका लागि पोखराको टुँडिखेललगायतका स्थानमा हिमाली जिल्लाबाट भेडा च्याङ्ग्रा बिक्रीका लागि ल्याउने क्रम पनि बढिरहेको छ ।

-रासस

सम्बन्धित समाचार
पत्रकारसँगको मिलेमतोमा ठेक्का प्रक्रियामा अनियमितता

धरान । बहुदरमाई नगरपालिका पर्सामा सडक मर्मत ठेक्का प्रक्रियामा अनियमितता गर ...

कर्मचारी सरुवाका फाइल मुख्यमन्त्री कार्यालयमा रोकिए

विराटनगर । कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयले अनियमितता र विवादमा मुछिएकास ...

दुई राप्रपाबीच एकताको सहमति

काठमाडौँ । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रप ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
पत्रकारसँगको मिलेमतोमा ठेक्का प्रक्रियामा अनियमितता
कर्मचारी सरुवाका फाइल मुख्यमन्त्री कार्यालयमा रोकिए
दुई राप्रपाबीच एकताको सहमति
एनसेलले थप्यो ३० वटा टावर
उपमहानगरको ‘एक्सन’ सकारात्मक
आजको राशिफलः २०८२ साल पुस १० गते बिहीबार
धरानमा कपडा पसलमा आगलागी
उपकुलपतिमाथिको हातपातमा गम्भीर आपत्ति
योजना अलपत्र पार्ने ७ ठेकेदारकम्पनीहरूलाई उपमहानगरको ‘अल्टिमेटम’
भत्काइयो धार्मिक वनमा सञ्चालित रेष्टुरेन्ट
धनकुटाको जिरोप्वाइन्टमा मालवाहक ट्रक दुर्घटना
इञ्जिन र चेसिस नम्बर फेरेर चलाएका ५ वटा सवारी नियन्त्रण
क्यासिनो घर सुधार गर
आजको राशिफलः २०८२ साल पुस ९ गते बुधबार
सुनको मूल्यमा भारी वृद्धि
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved