भद्रपुर/ भौतिक पुर्वाधार तथा यातायता मन्त्री रमेश लेखकले झापाको बहुचर्चित चारआली– केचना सडक कालो पत्रे निर्धारित समयभित्र अवश्य बन्ने ठोकुवा गरेका छन् । पटक पटक शिलान्यास हुने तर उद्घाटन नभएको स्मरण गराउदै यो अन्तिम शिलान्यास भएको बताए ।
चारआली–केचना तथा भद्रपुर– राजगढ सडकमा कालोपत्रे गर्ने कार्यक्रमको सोमवार झापाको भद्रपुर स्थित झापाचौकमा शिलान्यास पश्चात प्रमुख अतिथीको मन्तव्य राख्दै मन्त्री लेखकले यस्तो ठोकुवा गरेका हुन् ।

हुलाकी राजमार्गमा रहेको यो सडक राजनैतिक नारा बन्दै आएको उल्लेख गर्दै तिस महिना भित्र तोकिएको कालोपत्रे सडक बन्नेमा कुनै शंका नगर्न सवैमा अनुरोध गरेका थिए । नेपाल सरकारले बजेट छुट्याई सकेको साथै सडक विभागको प्रत्यक्ष निगरानीमा रहेको हुदा स्थानीय जनताले कमीकमजोरी भएमा खवरदारी गरी सधै चनाखो रहन लेखकले उद्घोष गरेका थिए । समय सिमा भित्र ठेकदारले कार्य सम्पन्न नगरेमा कानुनले व्यवस्था गरेअनुसार कडा कारवाही गरिने आशवासन उनले दिएका छन् । नेपालभरीका १७ ओटा सडकमध्ये हाल ७ ओटा आवश्यकताको आधारमा निर्माण शुरु गरिएकोमा यो सडक झापाको मात्र नभई अन्तरराष्ट्रियस्तरमा परिचित भएको धारणा राख्दै विकासमा राजनिती नगर्न सुझाव दिएका थिए ।
उनले नेपाल सरकारको तर्फवाट यो सडक निर्माण शुरु भएकोले लापारवाही नहुने बताए । जारी संविधान कार्यान्वयन गरी मुलुकलाई अगाढी बढाउने र चैत्र मसान्त भित्र स्थानीय निकायको निर्वाचन गरिने अवको कार्यदिशा भएको उनले बताए । त्यसैगरी सामान्य प्रशासन मन्त्री केशव कुमार बुढाथोकिले रमेश लेखकले मेची महाकाली जोडेकोमा स्वागत गरेका थिए । सडक शिलान्यासले झापाको दक्षिणी क्षेत्रका जनताको नयाँ जिवन सुरु भएकोमा खुशी व्यक्त गरेका थिए । पौरखी जनाता भएपनि सडक र सवारी साधनका समस्याले पीडित भएको उललेख गर्दै अव सधाकोलागी समस्या टरेर जानेमा आफु निश्चिन्त रहेको बताए । अवको मुख्य कार्य भनेको संविधान कार्यान्वयन रहेको उनले बताए । सामान्य प्रशासनले प्रशासनिक पुनःसंरचनामाको प्रक्रिया अघि सारेकोले सवैले सहयोग गर्न अनुरोध गरेका छन् ।कार्यक्रममा नेपाली काँग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले तत्कालिन समयमा कृष्ण प्रसाद भट्टराईले केचना चारआली सडक बनाउनु पर्छ भन्ने भाकल आज पुरा भएको बताए । सडक व्यक्ति तथा कुनै पार्टी विषेश नभई राष्ट्रिय एजेण्डा भएको धारणा राखेका थिए । आफु यसै क्षेत्रको नेता भएपनि सवैको प्रयासमा सडक कालोपत्रे हुनु महत्वपुर्ण रहेको सिटौलाले बताए । आउँदो कात्तिक मसान्तमा स्थानीय निकायको चुनाव घोषणा भई चैत्र मसान्त भित्र सम्पन्न हुने आश्वासन दिएका छन् ।
कार्यक्रममा सांसद सुधिर कुमार सिवाकोटी,जितु गौतम,दिपक कार्की,अमृतलाल राजवंशी,हरि राजवंशी लगायतले सडक निर्माणमा ठेकदारको लापारवाही भएको उल्लेख गरेका थिए । ठेक्का लिएर काम नगर्ने कम्पनीलाई नेपालमा मान्यता नदिई प्रमाण पत्र खारेजी गर्नेसम्मको कानुन ल्याउन जरुरी रहेको बताए । सडकको वारेमा आयोजना प्रमुख बलराम मीश्रले जानकारी गराएका थिए । उत्तर दक्षिण चारआली केचना पहिलो खण्डमा सोमवारे सम्म २० किलोमिटर ठेक्का सम्झौता भएको छ । कालिका–कनकाई–याकथुम्हाङ् जे.भि काठमाण्डौले भ्याट रकमसहित ४१ करोड ६१ लाख ८४ हजार १ सय ४२ रुपैयामा तिस महिनाभित्र सम्पन्न हुने गरी सम्झौता भएको मीश्रले जानकारी दिए ।सडक निर्माणको लागी ७२ साउन २३ मा ठेक्का आब्हन भई ७३ असोज १४ मा ठेक्का सम्झौता भएको थियो । सडकको कालोपत्रे चौडाई ७ मिटर रहने छ ।
त्यसैगरी पुर्व पश्चिम भद्रपुर राजगढ सडको २० किलोमिटर कालोपत्रेमा भ्याट रकम सहित २९ करोड ८३ लाख ४९ हजार १ सय ६१को लागतमा आशिष– याकथुम्हाङ् जे.भि काठमाण्डौले सम्झौता गरेको प्रमुख मीश्रले बताए । ७२ असोज २ मा ठेक्का आब्हन भई ७२ माघ १३ मा सम्झौता भएको उल्लेख छ ।सडकको चौडाई साढे ५ मिटर रहने छ । दुवै सडक हुलाकी राजमार्ग अन्तरगत रहेका छन् । सडक विभाग हुलाकी राजमार्ग आयोजना , योजना कार्यालय इटहरीको आयोजनामा भौतिक पुर्वाधार तथा यातायता मन्त्रालयका सचिव धन बहादुर तामाङ्को सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । राप्रपा नेपालका महामन्त्री राजेन्द्र लिङ्देनलाई मन्तव्य राखन नदिएको भन्दै कार्यकर्ताले आपत्ती जनाएका थिए । कार्यकर्ताको भिडलाई मध्यनजर गर्दै उल्लेखिय मात्रामा दुवै तर्फका एसपीको नेतृत्वमा सुरक्षा व्यवस्था कडाई पारिएको थियो ।