विजयपुर/नेकपा (एमाले)का सचिब तथा एक नम्मर प्रदेशका संयोजक भिम आचार्यले कसैको धम्कि र दबाबले संबिधान संसोधन नहुने बताएका छन् । देश र जनतालाई आबश्यक परेको बेला संबिधानका धाराहरु संसोधन हुने भन्दै उनले कसैको स्वार्थ पुरा गर्नकै लागि जनताले बनाएको संबिधान संसोधन नहुने बताए । [caption id="attachment_16057" align="aligncenter" width="750"]uml1 कार्यक्रममा उपस्थित अतिथीहरु । तस्विर -उपेन्द्र चाम्लिङ/ ब्लाष्ट खबर[/caption] आईतबार नेकपा (एमाले) धरान उपमहानगर कमिटीले आयोजना गरेको शुभकामना आदन प्रदान तथा श्री सुर्य पत्रिकाको बिमोचन कार्यक्रममा बोल्दै संयोजक आचार्यले संबिधानको कुनैपनि धारा अहिले संसोधन गर्नु पर्ने आबश्यक्ता नरहेको बताए ।जनता आफैले बनाएको संबिधान जनतालाई समस्या नपरुन्जेल संसोधन हुदैन आचार्यले भने जनताले बनाएको संबिधानमा जनताकै अधिकार रहन्छ । जनताले आफ्नो संबिधान आफै बनाएको कारण नाकाबन्दि सामना गर्नु परेको स्मरण गराउदै उनले नेपाल सार्बभौम र भुपरिदेष्टित राष्ट्र भएकाले कसैको दबाब र बलले राष्ट्रिय स्वाधिन्त गुर्मान्न ।कार्यक्रममा बोल्दै एमाले केन्द्रिय सदस्य तथा एक नम्मर प्रदेशका सदस्य हिक्मत कार्किले अहिलेको राजनीतीलाई सन्तुलित गरेर अगाडि बढ्नु पर्ने बताए ।नजिकिदै गरेका चाडपर्वको शुभकामना दिदै नेपालका सबै चाड पर्व साझा भएको बताए । एमाले सुनसरीका अध्यक्ष द्धारिकलाल चौधरीले चाडपर्वले समाजमा भाईचार र सहिष्णुदा कायम गर्ने भन्दै राजनितीमा पनि आपसि सहमती गरेर अगाडि बढ्नु पर्ने बताए । [caption id="attachment_16058" align="aligncenter" width="700"]uml2 श्री सुर्य बिमोचन गर्दै प्रदेश संयोजक भिम आचार्य । तस्विर -उपेन्द्र चाम्लिङ /ब्लाष्ट खबर[/caption] नेपाली काङग्रेश धरानका सभापती तिलक राईले सहमती सहकार्य र एकताको राजनिती देशलाई आबश्यक भएको भन्दै संबिधान जारी हुदा बनेको राजनैतिक सहमती फेरीपनि आबश्यक रहेको बताए ।धरान स्थित वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानका रेक्टर प्राडा बिक्रम श्रेष्ठले चाडपर्वले राजनिती र समाजमा सन्तुलन ल्याउने बिचार राखे ।एमाले धरानका अध्यक्ष तारा सुब्बाले राष्ट्रिय राजनितीको निकाश निकाल्न नेकपा एमालेले नै भुमिका खेल्नु पर्ने बताए । यसैबिच एमाले केन्द्रिय कमिटी सचिब तथा एक नम्मर प्रदेशका संयोजक भिम आचार्यले एमाले धरानले प्रशासन सुरु गरेको श्री सुर्य साप्ताहिकको बिमोचन गरेका छन् । एमाले धरानको मुखपत्रको रुपमा प्रकाशन सुरु भएको श्री सुर्य साप्ताहिकलाई सुशासन,न्याय र बिकाशका लागि केन्द्रित गरिने एमाले धरानका अध्यक्ष तारा सुब्बाले बताए ।शेरबहादुर परियार प्रकाशक र बुद्धप्रसाद आचार्य सम्पादक रहेको श्री सुर्य प्रत्येक मङगलबार प्रकाशन हुने कार्यक्रममा जानकारी दिईयो ।