भोजपुर/भोजपुरको बेहेरेश्वर गाउँपालिकाको केन्द्र वैकुण्ठे गाविसको चिलाउनेटारलाई हटाई भुल्केमा केन्द्र सारेको प्रति मानेभञ्ज्याङ, वैकुण्ठे, बासिखोरा सङ्घर्ष समितिले घोर आपत्ति जनाएको छ । ^ aifL{o aflnsf k"hf zfxsf] anfTsf/ / xTofsf] la?4 cfof]lht lj/f]w k|bz{gdf ;xefuL dlxnf tyf o'jfx? gf/fnufpb} . tl:a/ M k|bLk/fh jGt ÷/f;; सोमबार अपराह्न भोजपुरको सदरमुकाममा पत्रकार सम्मेलन गर्दै स्थानीय तह पुनःसंरचना प्राविधिक समितिले प्रस्तुत गरेका आठवटा स्थानीय तह र तीनको सिमाङ्कन र केन्द्रहरु प्रस्तावित गरिएको भन्दा फरक गरी बेहेरेश्वर गाउँपालिकाको केन्द्र वैकुण्ठेको चिलाउनेटारलाई हटाई षडयन्त्रपूर्वक प्राविधिक समितिले भुल्केमा केन्द्र सारेको भन्दै सङ्घर्ष समितिले विरोध जनाएको हो । सङ्घर्ष समितिका चन्द्रबहादुर थापामगरद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ –“पहिले प्रस्तावित केन्द्रलाई कार्यान्वयन नगरिएमा थप सङ्घर्षको कार्यक्रम अगाडि बढाइनेछ ।” रासस