mahesh basnetभद्रपुर /  नेकपा एमालेका युवा नेता तथा पूर्व उद्योग मन्त्री महेश बस्नेतले भर्खरै भारत भ्रमणमा गएका प्रधानमन्त्री प्रचण्डले भारतसंग गरेको तीन वटा सम्झौताले देशको सिर झुकाउने काम गरेकोमा आक्रोस पोखेका छन् ।  प्रचण्डको भारत प्रतिको भक्ति र झुकावले उनको सत्ता लामो समय टिक्न नसक्ने उनले संकेत गरे । झापाको भद्रपुरमा आयोजित युवा संघ नेपाल झापा क्षेत्र नम्बर ३ को चौथो क्षेत्रीय सम्मलेनको सोमवार उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मन्त्री बस्नेतले उक्त कुरा बताएका हुन् । प्रधानमन्त्रीले भारतसंग गरेको सम्झौता मुलुकको हितमा सहि नभएको आरोप लगाउदै युवा संघ त्यसको विरुद्ध सडकमा उत्रिने चेतावानीसमेत दिएका छन् । युवा संघका पूर्व अध्यक्षसमेत रहेका बस्नेतले संविधान जारी भएको एक बर्ष पुरा भइसकेको अवस्थामा भारतले सविधान नस्वीकार्दा देशले लामो नाकाबन्दीको सामान गर्नु परेकोले अहिले सविधान संसोधन गर्ने भनि प्रचण्डले गरेको सम्झौता राष्ट्रिप्रेमी युवा तथा नेपाली जनताले स्वीर्कान नहुने धारणासमेत राखेका छन् । कालो दिवस भनि मनाउने केही शक्तिले संविधानप्रति पूर्वग्राही राखि जारी भएको संविधानमा सहमति जनाउदै केही मुद्धा संसोधन गर्न माग मात्र राखेकोले कालो दिवस भनि व्याख्या गर्ने शक्तिको राजनीतिक बुझाइको कमी भएको उल्लेख गरे । युवा संघ नेपालका क्षेत्रीय अध्यक्ष नारायण ओलीको अध्यक्षतामा भएको कार्यक्रममा युवा संघ नेपालका केन्द्रीय सचिव महेश बस्नेत, प्रदेश नम्बर १ का सदस्य बसन्त बानिया, एमालेका क्षेत्रीय अध्यक्ष डम्बर गिरी, युवा संघका झापा  अध्यक्ष तिलोचन सापकोटा, एमाले जिल्ला सदस्य यमबहादुर श्रेष्ठ, पुष्पराज पोखरेल लगायतले बोलोका थिए ।