भद्रपुर/ मुुलुकमा सविधान जारी भएको एक बर्ष वितेको अवसरम पहिलो संविधान दिवस झापाको सदरमुकाम भद्रपुरमा मनाइएको छ । सविधान दिवस झापा जिल्ला समारोह समितिले सोमवार विहान भद्रपुर स्थित लेखनाथ चोकबाट वृहत प्रभातफेरी निकालेर अन्तरक्रिया कार्यक्रम गरी दिवस मनाएको हो ।चोकबाट निकालिएको ¥यालीले बजार परिक्रममा गर्दै जिल्ला विकास समितिको सभाहलमा पुगी सविधान प्रवचन कार्यक्रम सम्पन्न गरिएको थियो । samb ¥यालीमा नेपाल स्काउट, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कर्मचारी, ओम शान्ती, राजनितिकदल, नागरिक समाज, पत्रकार लगायतको सहभागिता रहेको थियो ।स्थानीय विकास अधिकारी खेमराज ओझाको अध्यक्षता तथा सांसद प्रेम गिरीको प्रमुृख आतिथ्यमा सम्पन्न कार्यक्रममा सांसद मनकुमार गौतम, झापाका प्रमुख जिल्ला अधिकारी मदन भुजेल, माओवादी केन्द्रका मनकुमार राई, नेपाली काग्रेसका राम कट्टेल, एमालेका जिवनकुमार श्रेष्ठ, कानुन व्यवसायी सुरज खत्री लगायतले मुलुकमा जारी भएको सविधान जनमैत्री रहेपनि सबै राजनितिकदल एक ठाउमा नउभिदा कार्यान्वनमा ढिलाई भएकोमा चिन्ता व्यक्त गरेका थिए । कार्यक्रममा अञ्चल प्रहरी कार्यालय मेचीका एसएसपी केदार रिजाल, प्रहरी कार्यालय झापाका एसपी शैलेस थापा क्षेत्री, सशस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालय झापाका एसपी आनन्द नेम्वाङ लगायतको सहभागितामा भएको कार्यक्रमको सञ्चालन जिविसका जय तिम्सिनाले गरेका थिए ।तीन दिन सम्म मनाइने सविधान दिवसको अवसरमा आयोजक समितिले साँझ ट्रेड युनियन चोक तथा सरकारी कार्यालयहरुमा दिप प्रज्जवल गरिने जनाएको छ ।