काठमाडौँ/शान्ति तथा पुनःनिर्माणमन्त्री सीतादेवी यादवले १७ महिनाभित्र तीन तहको निर्वाचन गराउनुपर्ने भएकाले राजनीतिक दल मिल्नाको विकल्प नभएको बताएका छन् । sitadevi विकेन्द्रीकरण सहयोग समाज नेपालले आज यहाँ आयोजना गरेको ‘सङ्घीयतामा स्थानीय तहको पुनःसंरचना’ विषयको कार्यक्रममा उहाँले संविधान कार्यान्वयनका लागि दलहरु एकजुट हुनुपर्नेमा जोड दिए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले गाउँपालिकाको सभापति बलियो भए मुलुक बलियो हुने बताउँदै आयोगले दिएको सङ्ख्या परिवर्तन हुने बताए । समाजका महासचिव एवम् सांसद रामचन्द्र पोखरेलले व्यापक छलफल गरेर स्थानीय संरचना विभाजन गर्नुपर्ने बताए । सांसद लक्ष्मी राईले स्थानीय निकाय बलियो भए मात्र देश बलियो हुने भएकाले स्थानीय निकायलाई बलियो बनाउनुपर्ने बताए । समाजले स्थानीय तहमा काम गरी मन्त्रीमा नियुक्त हुनुभएकामा शान्तिमन्त्री यादव, उद्योगमन्त्री नवीन्द्रराज जोशी र संस्कृतिमन्त्री शाहीलाई सम्मान पनि ग¥यो ।