runningधरान  / फिदिमको मेची बोर्डिङ स्कूलको होस्टलमा बसेर पढिरहेका पाँचदिनदेखि बेपत्ता दुईजना विद्यार्थी  अझै भेटिएका  छैनन् । कक्षा ९ मा अध्ययनरत १५ वर्षीय पृथ्बी राई र ६ कक्षाका १४ वर्षीय वसन्त राई गत शनिबार राति १२ बजेदेखि बेपत्ता भएका हुन् । फिदिमका विभिन्न व्यक्तिको मोबाइल चोरेको भन्दै प्रहरीले पृथ्वीलाई विद्यालयबाटै शनिबार दिउँसो नियन्त्रणमा लिएको घटनापछि उनीहरू बेपत्ता भएका हुन् । प्रहरीले दिउसो नियन्त्रणमा लिएर राती ९ बजे मात्र विद्यालयलाई जिम्मालगाएको बताइएको छ । कसरी हराए विद्यार्थी  ? फिदिपस्थित ब्लाष्ट सहकर्मी सन्देश सुब्वाका अनुसार अनुसन्धानबाट पृथ्वीले मोबाइल चोरेको पाइएपछि चोरेको मोबाइल प्रहरीमार्फत सम्बन्धितलाई फिर्तासमेत गराइएको थियो । त्यसपछि पृथ्वीलाई रातको १० बजे प्रहरीले विद्यालयलाई जिम्मा दिएको थियो । विद्यालयमा ल्याएपछि आइन्दा त्यसो नगर्न भन्दै सम्झाउने हिसाबले होस्टलमा पृथ्वीलाई फटाई गरेको विषयमा गाली गरिएको थियो । त्यस पछि उनी सुत्न रुमा गएका थिए । सुत्न गएका पृथ्वी  कक्षा ६ मा पढ्ने वसन्तलाई लिएर शनिबार राति १२ बजे होस्टल छोडेर हिडे । बसन्त उनका मिल्ने साथी भएको बताइएको छ । दुई बालक बेपत्ता भएपछि अभिभावक र विद्यालय प्रशासनमा तनाव उत्पन्न भएको छ । अभिभावक, विद्यालय प्रशासन र प्रहरीबाट व्यापक खोजी भइरहे पनि हालसम्म बेपत्ता दुई विद्यार्थी भेटाउन नसकिएको विद्यालयले जनाएको छ । च्याङथापु–३ घर भएका पृथ्वी नर्सरीदेखि नै मेची बोर्डिङमा पढ्दै आएका विद्यार्थी हुन् । मोवाईल चोरेको बारे अभिभावकलाई जानकारी छैन् पृथ्वीका बुबा जगदीश राईले मोबाइल चोरेको आरोपमा छोरालाई प्रहरीले पक्राउ गर्दासमेत आफूलाई विद्यालयले जानकारी नगराएको गुुनासो गरे ।  आफ्नो एउटा मात्र छोरा बेपत्ता हुनुमा विद्यालयको लापरबाही भएको बताए । विद्यार्थीले फटाई गरे पछि अभिभावकलाई जानकारी गराउनु विद्यालयको कर्तव्य हो । तर विद्यालयले अभिभावकलाई जानकारी गराएको पाईएन ।  पृथ्वीसँगै बेपत्ता भएका वसन्तको घर भने फिदिम–३ लालीखर्कमा रहेको छ । खोजी कार्य जारी जिल्ला प्रहरी कार्यालय पाँथथरले माताहतका प्रहरी परिचालन गरेर हराएका विद्यार्थीहरुलाई खोजी जारी राखेको बताएको छ । उनीहरुका आफन्तहरुकोमा सोधपुछ भईरहेको बताइएको छ ।